पोखरा ट्रेड मलले नयाँ वर्ष विशेष कार्यक्रम गर्ने

पोखरा-
पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुंगामा अवस्थित पोखरा ट्रेड मलले नयाँ वर्षको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रम अन्तर्गत बम्पर उपहारहरु, विंगो हंगामा का साथै फेशन शोको साथमा विभिन्न सांगितीक तथा नृत्यका कार्यक्रमहरु समाबेश गरिएको मलले जनाएको छ । बम्पर उपहार अन्तरगत ग्राहकले मल भित्र न्युनतम १ हजारको समान खरिदमा १ वटा उपहार कुपन प्राप्त गर्नेछन भने उपहार कुपन प्राप्त गर्ने ग्राहकले साप्ताहिक रुपमा संचालन हुने विंगो हंगामा खेलमा नगद २० हजार सम्म हात पार्न सक्नेछन् ।

यसका साथै नेपालमा नै पहिलो पटक फेशन ट्रेड नामक कार्यक्रम समेत आयोजना हुनेछ । यसको लागि बैशाख १ गते बाट यस मलमा औपचारीक रुपमा सञ्चालनमा आउन लागेको अन्तराष्ट्रिय स्तरको फेसियल हाउसको विशेष संयोजन रहने छ । फेशन ट्रेड मार्फत प्रत्यक शुक्रबार फेशन सो आयोजना हुनेछ । यस शो मा प्रत्येक हप्ता नयाँ किसिमका डिजाईन, नयाँ उत्पादनका साथै सिनियर ब्युटिसियन सुष्मा महरा द्वारा तयार परिएको सौन्दरीय मेकअप हेयर डिजाईनहरु प्रस्तुत हुने छन् । फेसन ट्रेडमा देश भरिका मोडलहरुको  सहभागीता  रहने मलले जनाएको छ ।

आगामी बैशाख १ गते देखि संचालन हुने यस कार्यक्रम ले २०७४ जेष्ठ २६ गते सम्म निरन्तरता पाउने र कार्यक्रम अन्तरगत रहेको बम्पर उपहार को नतिजा २०७४ जेष्ठ २७ गते सार्वजनिक गरिनेछ ।

पोखरामै विभिन्न पेसा व्यवसाय गरेर बसेका विभिन्न व्यक्तिहरुको सामूहिक लगानीको व्यापारिक भवन हो भने घरायसी र अन्य सामान किन्न बजारका विभिन्न स्थानमा भौतारिनु पर्ने अवस्थालाई अन्त्य गर्ने हेतुले पोखरा ट्रेड मल सञ्चालनमा ल्याइएको व्यवस्थापनले जनाएको छ ।

२०७२ असोज २६ गते औपचारिक रुपमा सञ्चालनमा आएको र नुनदेखि सुनसम्मका सामान एकै छानोमुनि पाइने भएकाले धेरै ग्राहकको मन जित्नसमेत सफल भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button