पोखरा क्षेत्रमा घर जग्गाको कारोवारले विस्तारै गती लिदै

पोखरा लेखनाथ महानगरपालिका भएसंगै गाँउ गाँउका टुक्रेटाक्रे जग्गाको कारोवार बढी,
पोखरा –

नेपाल राष्ट्र बैंकले गत मंसिर देखि घर जग्गामा खरिदमा ५० प्रतिशत अग्रिम लगानी गर्नुपर्ने प्रावधान ल्याएसंगै पोखरामा पनि यसको प्रभाव परेको छ । पोखरामा अन्तराष्ट्रिय क्षेत्रिय विमानस्थल निमार्ण प्रारम्भ भएसंगै घर जग्गाको कारोवारमा ह्वात्तै उकालो लागेको राष्ट्र बैंकले ल्याएको नीतिका कारणले गर्दा पछिल्लो ३/४ महिना देखि पोखरा क्षेत्रमा घर जग्गाको ठुलो तथा बजार क्षेत्रमा कम मात्रमा कारोवार हुदै आएको व्यवसायिहरु बताउछन ।

गण्डकी जग्गा तथा आवास विकास संघका अध्यक्ष तथा युवा उद्यमी अर्जुन पोखरेलले राष्ट्र बैंकले ल्याएको नीति पछि पोखरा क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव परेको दाबी गरे । उनले भने “ घर जग्गा हाल पोखरा क्षेत्रमा स्थिर जस्तै छ, विगत लामो समय देखि व्यवसाय गर्दै आएका व्यवसायिहरुलाई यसले केहि असर पारे पनि क्षेणिक पैसा कमाउने उद्धेश्यले आएका नयाँ व्यवसायिहरुलाई विस्थापित हुने गरी समस्यामा पारेको छ । ” बैंकहरुले पनि वैशाख देखी लगानी गर्न तत्पर देखिएकोले, विकास खर्च पनि बढी वैशाख÷जेठमा हुने भएकोले र पोखरा लेखनाथ महानगरपालिका देशकै ठुलो महानगरपालिका भएकोले घर जग्गाको कारोवारमा विस्तारै गतिलिने संकेत देखिएको पोखरा उद्योग बाणिज्य संघका उप–महासचिव समेत रहेका अध्यक्ष पोखरेलले बताए । उनले भने “ महानगरपालिका भएसंगै यहाँको विकासका पुर्वाधार बढ्नेछ, बजार क्षेत्रमा हाल घर जग्गाको कारोवार कम भए पनि ग्रामिण क्षेत्रमा घर जग्गाको कारोवार बढ्न थालेको छ । ” महानगरभएसंगै मापदण्डले गर्दा पनि पछिल्लो क्रममा प्लटिङ कम भएको पोखरेलले पोखरा न्युज डटकमलाई बताए । शेयरको पैसा फिर्ता भएसंगै बैंकहरुमा हाल रकम भएकोले लगानी गर्न खोजेको समेत उनले बताए । बैंकको कारणले गर्दा घर जग्गा कारोवार कम भएसंगै मुल्य पनि स्थिर भएको अध्यक्ष पोखरेलले बताए ।

उनले भने “ पहिला घर जग्गामा बैंकहरुले ८० प्रतिशतसम्म गरेको लगानी एकाएक ५० प्रतिशतमा झारे पछि त्यसको प्रभाव अवश्य पर्छनै, हिजोको नीति भन्दा अब घर जग्गा लिदा सरकारी मापदण्ड पुरा गरेर लिऔं, एकाद व्यवसायिको कारणले गर्दा सिंगो घर जग्गा व्यवसायिहरुलाई असर पर्न सक्छ । ” बैंकहरुले पनि असमान ढंगले व्याज बढाउने तथा बढी लिने गरेको उनले गुनासो गरे । पहिला निश्चित रकम तोकेर गरिएको व्याजदरमा पनि बैंककले ९ देखि बढाएर १४ प्रतिशतसम्म लिने गरेको पोखरेलले गुनासो गरे ।

डेभलपमेन्ट बैंकर्स एशोसियसनका केन्द्रिय सचिव गोविन्द ढकालले घर जग्गा तथा अटोमा पछिल्लो ४ महिला देखि थोरै मात्रमा बैंकहरुले कर्जा लगानी गरेको बताए । उनले भने “ बैंकमा केहि समय तरलता थियो तर त्यो विस्तारै सहज भएको अबस्था छ, घर जग्गाको कारोवार विगत ४ महिना देखी कमी हुदै आएको छ । ” घर जग्गाको व्याजदर १४ प्रतिशतसम्म पुगेकोमा हाल घटेर १२ प्रतिशतमा झरेको उनले दाबी गरे । बजारको मुल्य अनुसार व्याजददरमा उतार चढाव हुदा बैंकहरुले बढाउने बढट्दा घटाउने गरेको ढकालले पोखरा न्युज डटकमलाई बताए । उनले भने “यदि कुनै बैंकहरुले ऋण लिदा बढाउने तर मुल्य घट्यो भने घटाउनु नै पर्छ ।” गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढकालले बैंकहरुले कुनै उपभोक्तासंग पहिले नै सम्झौता गरेकोले त्यसमा सोहि अनुरुप व्याजदर कायम हुने बताए ।

मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत केशवराज सुवेदीले राष्ट्र बैंकले पछिल्लो क्रममा घर जग्गामा कडाई गरेसंगै पोखरा बजार क्षेत्रमा घर जग्गाको कारोवार कम भएको बताए । उनका अनुसार पोखरा लेखनाथ महानगरपालिका भएसंगै ग्रामिण क्षेत्रमा घर जग्गाको कारोवार बढेको छ । उनका अनुसार साविक घिताल, लाहाचोक, हेमजा, ग्यारजाति, ल्वाङघलेल, निर्मलपोखरी, कृष्ति, कास्कीकोट लगायतको क्षेत्र विभिन्न गाँउपालिका भएसंगै टुक्रे टाक्रे घर जग्गाको कारोवार बढेको छ । पोखराको छिनेडाँडा (वडा नम्बर १४, १५, १७, १८ ) जरजिष्टेशन फाँटमा गत बर्ष दैनिक जसो ५० जनाको जग्गाको कारोवार हुने गरेकोमा हाल करिब ३० जनाले गर्ने गरेको मालपोत अधिकृत सुवेदीले बताए । त्यसै गरी पोखरा १ देखि १३ सम्मका वडाहरुमा पनि घर जग्गाको कारोवारमा गिरावट आएको उनले बताए ।

नेपाल कानुन व्यवसायी संघ कास्कीका पुर्व अध्यक्ष वलराम गौतमले पछिल्लो क्रममा पोखरा बजार क्षेत्रमा ठुलो र धेरै जग्गा भन्दा थोरै र टुक्रा जग्गा र ग्रामिण भेगमा बढी कारोवार हुन थालेको बताए । बैंकहरुले घर जग्गामा कडाई गरेसंगै सहकारीहरुले साना साना घर जग्गा योजनामा लगानी गर्न थालेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button