चिरिबिरि भो भन्दै पोखरेली सविना- हेर्नुहोस भिडीयो

[mom_video type=”youtube” id=”audf4L6v07U”]

पोखरा न्युज –

नेपालमा लोकदोहोरी गीत संगीतको आफ्नै बजार छ । व्यवसायीक रुपमा पनि लोक गीत संगीत देश तथा विदेशमा विस्तारै मौलाउदै गएको छ ।
पोखरामा रहेर नेपाली लोकदोहोरी क्षेत्रमा काम गरिरहेकी गायिका सविना गुरुङले आफ्नो नयाँ गीत चरि चिरिबिरि भो बजार सार्वजनिक गरेकी छिन् । यो गीतलाई एकनारायण भण्डारीले शब्द श्रृजना गरेका हुन् भने गायक तथा संगीतकार रामजी खाँड ले संगीत र स्वरमा साथ दिएका छन् ।

केहि दिन अघि म्युजिक नेपालले  युट्युब च्यानलबाट यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेको  छ । गीतको भिडियो निर्देशन प्रकाश भट्टले गरेका हुन् भने अभिनय मोडल पार्वती राई र गायक रामजी खाँड आफैले गरेका छन् ।

गीतको छायांकन करण चौसीरले  गरेका हुन् । सार्थै गीतको सम्पादन विष्णु शर्माले गरेका छन् । गायिका सविना गुरुङको यस अघि आधी खोलि तिरैमा  दर्शक तथा श्रोताले अत्यन्तै रुचाएका थिए  भने मादलुको घुन्ना, तिम्रै छ तिर्सना जस्ता गीतहरु गुरुङका चर्चाको शिखरमा रहेका गीतहरु हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button