पोखरामा फेवा नव वर्ष महोत्सव सुरु

पोखरा-

पोखरामा चौधौं फेवा नव वर्ष महोत्सव २०७४ सुरु भएको छ । आगामी वैशाख २ गतेसम्म चल्ने महोत्सवको होटल संघ नेपालकी वरिष्ठ उपाध्यक्ष श्रृजना राणाले  मंगलबार उद्घाटन गरेकी हुन् ।

आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले जानकारी दिए ।

महोत्सवमा खानाका पन्ध्र तथा अन्य व्यापारिक गरी कूल ६० स्टल राखिएको आयोजकले बताएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button