खेलाडीहरुद्धारा नयाँ बर्षको अवसरमा पोखरामा प्रभातफेरी

खेलाडी अक्षयकोषमा एक लाख दिने अध्यक्ष पौडेलको उदघोष 

पोखरा-
कास्कीका खेलाडीहरुले नयाँ बर्षको अवसरमा आज (सुक्रबार) पोखरामा प्रभात फेरी आयोजना गरेका छन । खेलाडी संघ कास्कीको अगुवाईमा कास्कीका विभिन्न खेलसंग आवद्ध खेलाडी तथा खेलकुदकर्मीहरुले नयाँ बर्ष २०७४ को अवसरमा पोखरामा प्रभातफेरीमा सहभागि भएका हुन ।

पोखराको चिप्लेढुंगाबाट सुरु भएको प्रभातफेरी, पृथ्बीचोक हुदै पोखरा रंगशालामा पुगेर समापन समारोहमा परिणत भएको थियो । विभिन्न खेलका खेलाडीहरुले विभिन्न खेलको लोगो अंकित खेलको झण्डा तथा खेल पोसाकमा प्रभातफेरीमा सहभागि भएका थिए । कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलाडीहरुको हकहितको लागि मुख्य दुई कुरा खेलेर बाच्न सक्ने र खेल मैदान तथा खेल सामाग्री आवश्यक भएको बताए । कार्यक्रममा बोल्दै उनले संघले संचालन गर्न लागेको खेलाडी अक्षयकोषमा एक लाख रुपैया समितिबाट दिने उद्घोष गरे । खेलाडीहरुलाई पेन्सनको व्यवस्था हुनु पर्ने माग समेत राखेका उनले खेलाडी विना खेलकुद र खेल संघको कुनै अर्थ नहुने जनाए ।

नेपाल ओलम्पिक कमिटिका सदस्य तेज बहादुर गुरुङले खेलसंगै शिक्षामा पनि खेलाडीहरुले जोड दिनुपर्ने बताए । खेलाडीहरुले अन्य बिद्यार्थीहरु भन्दा अझ बढी अनुसासित भयर समाजमा उदाहरणिय व्यक्तिको रुपमा स्थापित हुन आग्रह गरे । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति प्रशिक्षण विभाग प्रमुख बिद्या मर्सानीले खेलाडीहरु एकै छाना मुनी रहेर आफनो लक्ष्यमा लाग्नु पर्ने बताए । संघले खेलाडीहरुको हकहितको लागी खेलाडी अक्षयकोष स्थापना गर्ने भएको संघका बरिष्ठ उपाध्यक्ष राजन पौडेलले बताए । संघका सचिव हिमाल खड्काले हाल संघमा ७० हजार रुपैया बचत भएकोले उक्त रकमलाई समेत खेलाडी अक्षयकोषमा जम्मा गर्ने बताए । संघका अध्यक्ष दीपक गोदारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button