पोखरामा अन्तराष्ट्रिय स्तरको स्केटिङ मैदान निमार्ण हुदै, १२ देशका विदेशी युवा काममा खटिदै

पोखरा –

पर्यटकिय नगरी पोखरामा अन्तराष्ट्रिय स्तरको स्केटिङको खेल मैदान निमार्ण कार्य सुरु भएको छ । अन्तराष्ट्रिय स्केटिङ संघको आव्हानमा १२ भन्दा बढी देशका पाहुनाहरु विहानै देखि पोखरा रंगशालामा उक्त खेलकुदको मैदानको लागि निमार्ण कार्यमा जुटेका हुन ।

नेपालकै पहिलो पटक पोखरामा आम सर्वसाधारणहरुको लागि लक्षित गरी पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको पहलमा अन्तराष्ट्रिय स्केटिङ संघको सहकार्यमा उक्त स्केटिङ सेन्टर स्थापनाको लागि १२ भन्दा  बढी देशका ३५ जना युवा खेलाडिहरुको टिम उक्त सेन्टर स्थापनाको अभियानमा जुटेको समितिका अध्यक्ष खगराज पौडेलले बताए । पोखरा रंगशालाबाट हालै डाईभिङ प्रशिक्षण हटाइएको स्थानमा अहिले धमाधम विदेशी पाहुनाहरुले काम गरेर एक महिना भित्रै उक्त सेन्टर स्थापना हुने गरी काम तिव्र गतिमा भएको समितिले जनाएको छ । पोखरा रंगशालामा ८ सय बर्ग मिटर क्षेत्रफलमा उक्त सेन्टर स्थापना गर्ने भएतापनि हाल ५ सय बर्ग मिटर क्षेत्रफलमा स्केटिङ खेल्न मैदान (र्याम्प) निमार्ण हुने भएको अध्यक्ष पौडेलले बताए । ३ सय बर्ग मिटर क्षेत्रफलमा पछि प्याराफिट निमार्ण हुने भएको उनले जनाए ।

स्केटिङ सेन्टर स्थापनाको लागि हाल अमेरिका, वेलायत, डेनमार्क, अष्ट्रेलिया, वेल्जियम, जापान, दक्षिण कोरिया, क्यानडा, फ्रान्स, जर्मनी लगाएत देशका प्राविधिक देखि विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका उनीहरुले फलाम काट्ने देखि काठ तथा ढुंगा माटोको काम आफै गर्ने गरेका छन । विहान देखि वेलुकासम्म एक आपसमा सहकार्य गर्दै गित सुन्दै उनीहरु स्केटिङ सेन्टर स्थापनाको अभियानमा जुटेका हुन । उनीहरुलाई केहि बालकहरुले सामान्य रुपमा सघाए पनि अन्य व्यक्तिहरुले खासै सघाएको देखिएन ।

अन्तर्राष्ट्रिय स्केटिङ संघका अप्रेसन म्यानेजर जोन चोकोन्सको नेतृत्वमा पोखरा आएको उक्त टोलीले पोखरामा प्राविधिक हिसावले समेत मजबुद र अन्तराष्ट्रिय स्तरकै स्केटिङ खेल मैदान निमार्ण गर्ने भएको छ । नेपालमा यस खेलको विकास र विस्तारको लागि अन्तराष्ट्रिय स्केटिङ संघले एक जना प्राविधिक तथा प्रशिक्षक समेत उपलब्ध गराउने भएको समितिका अध्यक्ष पौडेलले बताए ।

पोखरा लेकसाइडको डिहिकोपाटनमा रामचन्द्र कोईरालाले विगत करिब ७ बर्ष देखि स्केटिङ खेल संचालन गर्दै आएका थिए । कोईराला सहित समितिका अध्यक्ष पौडेलको समन्यवमा उक्त टोली पोखरा आएको हो । स्केटिङ खेल पुर्वाधारको लागि २५ हजार अमेरिकी डलर खर्च हुने भएको समितिका कार्यालय प्रमुख लक्ष्मण योगिले बताए ।

आगामी सन २०२० मा जापानको राजधानि टोकियोमा ओलम्पिक खेलमा समेत लक्षित गरी नेपालमा पहिलो पटक उक्त खेलको पुर्वाधार निमार्ण हुन लागेको समितिका अध्यक्ष पौडेलले बताए । पोखरा रंगशालाबाटै हालै डाईभिङ प्रशिक्षण हटाएसंगै उक्त स्थानमा नयाँ खेल भित्रिएकोले पोखराको खेल र पर्यटन गतिविधी बढ्ने भएको नेपाल ओलम्पिक कमिटिका सदस्य तेज गुरुङले बताए । अमेरीकाका जेरीले उक्त सेन्टर स्थापनाको लागि काठको काम गर्दैछन । स्केटिङ खेल पुर्वाधार निमार्णको क्रममा नेपालमै पहिलो पटक आएको बताएका जेरीले नेपालमा यस खेलको राम्रो सम्भावना रहेको बताए ।

पोखराका एक स्केटिङ खेलाडी प्रेमराज पहारीले पोखरामा हाल एक सय भन्दा बढी खेलाडीहरु यस खेलसंग आवद्ध भएकोले पोखरा रंगशालामा उक्त सेन्टरस्थापना हुनु पोखराको लागि मात्र नभएर नेपालकै लागि ठुलो उपलब्धी भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button