छिट्टै निर्देशीका ल्याउन सुन चाँदी व्यवसायीको माग

पोखरा –

सुन चाँदी व्यवसायिहरुले सरकार समक्ष छिट्टै निर्देशीका ल्याउन जोडदार माग गरेकाछन ।

सुन चाँदी व्यवसायी संघ कास्कीले शनिबार पोखरामा आयोजना गरेको नव बर्ष २०७४ को अवसरमा शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा वोल्ने सुन चाँदी व्यवसायिहरुले सुन चाँदी व्यवसायलाई व्यबस्थित पार्न सरकार समक्ष निर्देशीका ल्याउन जोडदार माग गरेका हुन ।

उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कुमार सुनारले कार्यक्रममा वोल्दै सुन चाँदी व्यवसायिहरुको लागि निर्देशीका निमार्णको अन्तिम चरणमा पुगेको बताएका छन । सुन चाँदी व्यावसायिहरुको तर्फबाट आफुहरुले बृहत रुपमा छलफल गरेर सरकारलाई ड्राफ पेश गरेकोले सरकारले छिट्टै निर्देशीका ल्याउनेमा उनले विश्वास व्यक्त गरे । हाल आफुहरुसंग २०५९ सालको निर्देशीका भएकोले त्यसको आधारमा व्यवसायिक मर्यादामा व्यवसाय गर्दै आएको उनको भनाई थियो । उनले भने“ निर्देशीका ल्याउने तयारी हुदै गर्दा सरकारले विभिन्न क्षेत्रमा अनुगमन गर्यो भने हामी आन्दोलनमा जान बाध्य हुन्छौं तर सरकारले ल्याएको निर्देशीका हामीलाई मान्य हुदैन । ” अझै पनि उचित शान्ति सुरक्षा दिन सरकार कटिवद्ध नभएको उनले गुनासो गरे । उपभोक्त मञ्च कास्कीका सचिव मिलन प्रसाद तिवारीले कुनै पनि उपभोक्ता ठग्ने गरी व्यवसाय नगर्न सुझाव दिदै अनुगमन हुदा व्यवसायीहरु त्रसित नहुन आग्रह गरे ।

संघ कास्कीका अध्यक्ष निर्मल दियाली सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान अध्यक्ष चिन्द्रकिशोर गौतम, संरक्षक दुर्गा बहादुर सुनार, विशिष्ठ सल्लाहकार विनोद शाक्य, सल्लाहकार संजिव बहादुर कोईराला, उपाध्यक्ष द्धय राजेशमान बुद्धचार्य र भविन्द्र बिश्वकर्मा, कानुनी सल्लाहकार हेमराज बराल, महासचिव मन बहादुर विश्वकर्मा, सदस्य हरिकुमार धमला लगायतले सुन चाँदी व्यवसायलाई व्यबस्थित ढंगले संचालन गर्न राज्यले छिट्टै ऐन तथा निर्देशीका जारी गर्नुपर्नेमा जोड दिएका थिए ।

कास्की क्षेत्रमा हाल हप्ताको ३ केजी सुन अपुग भएको संघ कास्कीका अध्यक्ष निर्मल दियाली सुनारले बताए । कास्कीमा हप्तामा कम्तिमा पनि ५ केजी सुनको माग भएको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button