‘शिक्षा र फुटबल संगै लैजानु पर्छ’ – विराज महर्जन

पोखरा-
नेपाली फुटबल टिमका कप्तान विराज महर्जनले शिक्षा र फुटबललाई संग संगै लैजानु पर्ने बताएका छन ।

पोखराको मालेपाटन युथ एकेडेमीका बालकहरुलाई अभिप्रेरीत गर्दै भने–‘एउटा राम्रो व्यवसायीक फुटबल खेलाडी बन्नका लागि शिक्षा महत्वपुर्ण रहन्छ ।’ सो अवसरमा टिम कप्तान विराजले एक खेलाडीमा दुई वटा कुरा महत्वपुर्ण रहने कुरामा जोड दिंदै अनुशासान र प्रतिवद्धता लाई सवै खेलाडीले आत्मसाथ गर्दै सम्मान गर्नु पर्ने बताए । उनले एकाडेमीमा रहेका बाल बालवालिका लाई नयाँ वर्षको शुभकामना समेत प्रदान गरे ।

मालेपाटन क्लव र मधु प्रतिष्ठान द्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा मधु प्रतिष्ठानले पोखरा ११ का खेलाडी विष्णु गुरुङ्गलाई ५० हजार नगद प्रदान ग¥यो । गुरुङ्गले उक्त एकेडेमी पोखराको मालेपाटनमा संचालनमा ल्याएका हुन । उनले प्राप्त रकम बाट एकेडेमीमा रहेका बालवालिका लागि खेलकुद सामाग्रीका लागि खर्च गर्ने बताउनुका साथै केही रकम मालेपाटन खेल मैदान मर्मतका लागि समेत खर्चिने वताए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रभेश कायस्थले बालबालिकाको हित र खेलकुद विकासका लागि सवै संग मिलेर कार्य गर्ने वताए । उनले बालबालिका लागि खेलकुदमा राम्रो कार्य गर्ने कुनै पनि संस्थालाई हरेक महिना सहयोग गर्ने जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button