पोखरामा आउने अधिकांश फलफुल तरकारीमा विषादी मिसावट

पोखरामा  बिषादी परिक्षण सुरु ,फलफुल खादा पानीमा पखालेर खान विज्ञको सुझाव,

पोखरा-

पोखरामा पनि फलफुल तथा तरकारीमा बिषादी परिक्षण सुरु भएको छ । मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पर्ने गरी ठाँउ ठाँउमा फलफुल तरकारीमा बिषादी मिसावट भएकोले त्यसलाई नियन्त्रण गर्न सरकारले विभिन्न प्रदेशमा बिषादी द्रुत विश्लेषण ईकाई कार्यालय स्थापन गरेसंगै पोखरामा पनि परिक्षण सुरु भएको हो ।

केहि कृषक तथा विचौलीयाहरुले विभिन्न जिल्ला तथा देशबाट विभिन्न क्षेत्रमा फलफुल तरकारी ताजा देखाउने नाममा आवश्यकता भन्दा बढी बिषादी राख्ने गरेकोले त्यसलाई नियन्त्रण गर्न पोखरामा पनि कार्यालय स्थापनासंगै अनुगमन जारी रहेको पोखरा कार्यालयका प्राविधिक गुरुप्रसाद अर्यालले बताए । उनका अनुसार पोखरामा विभिन्न जिल्लाबाट आयात हुने फलफुल तरकारिमा सामान्य बिषादी मिसावट भएको भेटिएको छ । मानव स्वास्थ्यलाई कसैले पनि खेलवाड नगर्न आग्रह गर्देै उनले सकभर बिषादी प्रयोग नगर्न र प्रयोग गर्नुपरेमा न्युन मात्रमा प्रयोग गर्न सुझाव दिए । बजारमा उपलब्ध हुने फलफुल तथा तरकारीहरु खादा राम्रोसंग पानीमा पखालेर र नुन पानीमा डुवाएर एक छिन राखेर मात्र खान विज्ञहरुले सुझाव दिएका छन ।

उनले भने [quote]“ पोखरामा आउने फलफुल तरकारी हाल अधिकाशं फलफुल तरकारीमा बिषादी मिसावट त भएको छ तर बिषादीको मात्रा भने सेवन गर्न मिल्ने हिसावले ३० प्रतिशत भन्दा कम बिषादी मिसिएको भेटिएको छ । ”[/quote] कास्कीबाट टाढाका जिल्ला तथा विदेशबाट आउने फलफुल तरकारीमा विषेश ख्याल गर्नुपर्ने बताएका उनले कुनै पनि फलफुल तरकारीमा बिषादीको मात्रा ५० प्रतिशत जसो भेटिएमा सम्पुर्ण फलफुल तरकारी नष्ट गर्नुपर्ने बताए । पोखराको शान्ति वनवाटिकामा रहेको फलफुल तथा तरकारी बजारमा मंगलबार प्राविधिक एक टोलीले फलफुल तरकारीमा बिषादीको मात्रा कति मिसिएको छ भनी गरिएको परिक्षणमा सामान्य रुपमा बिषादी मिषावट भएको ल्याप परिक्षणबाट पुष्टी भएको अर्यालले जनाए । उनका अनुसार केरामा २५ प्रतिशत, सागमा खासै बिषादीको मात्र देखिएन भने स्याउमा १० प्रतिशत जसो बिषादीको मात्र मिसावट भएको छ ।

पोखरामा विभिन्न तरकारी तथा फलफुल बजारमा पहिलो चरणमा विभिन्न फलफुल तरकारीमा परिक्षण गरेसंगै गाँउ ठाँउका व्यावसायीक कृषकहरुको फार्ममा समेत आफुहरु पुग्ने लक्ष्य राखिएको उनले जनाए । काठमाण्डौंको कालिमाटी फलफुल तरकारीसंगै हाल देशका ७ प्रदेशमा पोखरामा बिषादी द्रुत विश्लेषण ईकाई कार्यालय स्थापन भएको छ । पोखरामा केही दीन देखि आफुहरुले फलफुल तरकारीमा हुने गरेको बिषादी मिसावटको परिक्षणले केहि कृषकहरु त्रसित भएको बताए ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. पोखरामा उपभोक्ता संघ छैन? नागरिक समाज छैन? दलहरु छैनन? र यस्तो समाचार छाप्नु पर्‍यो? तुरुन्त विशादी युक्त फल्फुल आउने स्रोत्माथि धावा बोलेर स्रोत्नै सुकाइ दिन किन नसक्ने? विषादि युक्त फल्फुल खानु भन्दा १ हप्ता फज्फुल तरकारी वहिस्कार गर्नु बेश। विसादिको पनि मापदन्ड् हुन्छ, मापदन्ड् अनुसार भये नभ्एको परिक्षान गर्ने प्रविधी “महानगर” म हूनुपर्दैन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button