पोखराका दुई विद्यालयमा छात्रवृतीका लागि ६ लाखको अक्षयकोष


पोखरा,
पोखरा रामबजार निवासी रंजित परिवारले पोखराका दुई सामुदायिक विद्यालयमा ६ लाखको अक्षयकोष स्थापना गर्न रकम हस्तान्तरण गरेका छन । पोखरा रामवजार श्री कालिका मावीमा ४ लाखको र पोखरा ९ वसपार्क स्थित सहारा आधारभुत विद्यालयमा २ लाखको अक्षयकोषका लागि रकम प्रदान गरिएको हो ।
पोखरा रामबजार निवासी वैकुण्ठ रंजित, शिव रंजित, शुदर्सन रंजित र विजय रंजितले आफ्ना पिता हरीगोपाल र आमा गणेशमायाको नाउँमा उक्त रकम विद्यलायलाई अक्षयकोषका लागि प्रदान गरेका थिए । रंजित चार दाजुभाईले आफ्ना पिता हरी गोपालको ४५ औ दिनको तिथी पारेर गरिव तथा जेहेन्दार विद्यार्थीलाई थप अध्ययन/अध्यापनका लागि विद्यालयलाई उक्त रकम प्रदान गरे । समाजसेवी तथा व्यवसायी हरी गोपालको ८९ वर्षको उमेरमा देहवासन भएको थियो ।
उक्त रकम हस्तान्तरण गर्दै शुदर्सन रंजितले सामुदायिक विद्यालयमा पढने गरिव बालवालिकालाई थप अध्ययन गर्न कुनै समस्या नपरोस भन्नका लागि नै आफ्ना आमा वुवाको नाममा अक्षयकोष स्थापना गरेको वताए । ‘हरीगापाल गणेशमाया छात्रवृती २०७४’ नामाकरण गरिएको उक्त अक्षयकोष संचालन गर्न दुवै विद्यालयले छुट्टै समिती निमार्ण गरिने जानकारी दिए ।
सो अवसरमा कालिका मावीका प्रधानाध्यापक वलरामा गिरीले रंजित परिवारले विद्यालयका लागि ठूलो गुन लगाएको वताए । ‘हामी एकदमै खुसी छौ न्युन रकमको अक्षयकोष थियो तर रंजित परिवारले एकैपटक ४ लाखको कोष स्थापना गरेर समाजमा उदाहरणिय कार्य गरेका छन ।’ उनले उक्त रकम कक्षा ९ देखि १२ कक्षा सम्म अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गर्ने वताए । प्रअ गिरीका अनुसार विद्यालयमा २ हजार ४ सय विद्यार्थी र ८५ जना शिक्षक रहेका छन ।


पोखरा ९ वसपार्कमा रहेको सहारा आधारभुत विद्यालयकी प्रधानध्यापक लोचना अधिकारीले रंजित परिवारले समाजमा उदाहरणिय कार्य गरेको वताइन । आफ्नो विद्यालयमा निम्न आय भएका विद्यार्थी पढने भए पनि सवैलाई निशुल्क शिक्षा दिंदै आएको र प्राप्त २ लाखको अक्षय कोषको रकम वाट आउने व्याजले कक्षा ९ मा अध्ययन गर्न जाने गरिव तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने वताइन । ‘अहिले सम्म यति ठूलो रकम अक्षयकोषका लागि पाएका थिएनौ यो हाम्रो जस्तो विद्यालयका लागि महत्वपुर्ण हो’ उनले भनिन । हाल उक्त विद्यालयमा २ सय ७० जना विद्यार्थी अध्ययनरत रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button