अरिङ्गालले टोकेर दमौलीमा एकको मृत्यु

 

पोखरा न्युज –

तनहुँको व्यास नगरपालिका–१४ स्थित छाव्दी नजिकै आज अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५९वर्षीय नरबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अरिङ्गालले टोकेर गम्भीर घाइते भएका परियारको दमौली अस्पतालमा उपचारकै क्रममा दिउँसो ४ बजे मृत्यु भएको हो ।

अत्यधिक मादक पदार्थ सेवन गरेर घरतिर गइरहेका परियारलाई बाटोमा ५०/६० वटा अरिङ्गालले टोकेर गम्भीर घाइते बनाएका थिए ।

 रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button