गायक कृष्ण देवकोटाको नयाँ रोइला भाका ‘आर्य भन्ज्याङ काटेर’, हेर्नुहोस भिडीयो

गणेश बराल, पोखरा न्युज –

चर्चित लोकदोहोरी गायक कृष्ण देवकोटाको नयाँ रोइला भाका ‘आर्य भन्ज्याङ काटेर’  बोलको गीतको भिडियो  सार्वजनिक भएको छ ।

गायक कृष्ण देवकोटाको आफ्नै शब्द तथा  लय रहेको उक्त गीतको भिडियो म्युजिक नेपालले हालसालै  युट्युव मार्फत सार्वजनिक गरेको  हो।कृष्ण देवकोटा र  सुनिता पौडेलको  स्वरमा सजिएको गीतलाई माछापुच्छ्रे डिजिटल प्रालिले बजारमा ल्याएको हो । बटौलीमा झरौाला, रामदी झरेर, यो मायाको संसार विचित्र, म त लाहुरे गोर्खा पल्टनको जस्ता ख्यातिप्राप्त गित दर्शक स्रोत माझ पस्किसकेका देवकोटा यतिबेला  पृथक शैलीको रोइला भाका मार्फत बजारमा छाएका हुन् ।

बब्बु थापा र आरुसी मगरको अभिनय रहेको सो गीतको भिडियोलाई थापा स्वयंले निर्देशन गरेका छन्  । दुर्गा पौडेलको  छायांकन रहेको भिडियोको  सम्पादन प्रविन भट्टले गरेका हुन् ।

पश्चिम क्षेत्रको प्राचीन मौलिक भाका  रोइला भाकालाइ उजागर गर्न गित बजारमा ल्याएको  बताउदै गायक देवकोटाले आफुले  सदैब मौलिकतामा आधारित गीत सङ्गीतलाईनै  प्राथमिकता दिने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button