मौजाको हिमालय माविलाई पशु चिकित्सा क्याम्पसको रुपमा विकास गर्छु – वडाध्यक्ष सिम

पोखरा न्युज –

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष सिमबहादुर गुरुङले मौजास्थित हिमालय माविलाई पशु चिकित्सा क्याम्पसको रुपमा विकास गर्ने बताएका छन् । विश्व वातावरण दिवसको अवसरमा हिमालय मावि र स्थानिय प्रयत्नशील युवा क्लवले सोमबार विद्यालय प्राङ्गणमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।

मौजालाई पशु पालन पकेट क्षेत्र बनाउने र त्यसका लागि आवश्यक पशु चिकित्सक पनि स्थानिय स्तरमै उत्पादन गर्न विद्यालयलाई पशु चिकित्सा क्याम्पस बनाउने उनले बताए । त्यसका लागि आफूले चाँडै नै शिक्षा मन्त्रालय र कृषी मन्त्रालयमा प्रस्ताव पठाएर लविङ गर्ने बताए ।

त्यस्तै उनले हिमालय माविमा पुस्तकालय बनाईदिने पनि आस्वासन दिए । मत माग्ने क्रममा आफूले पुस्तकालय बनाउने घोषणा गरेको र त्यो पूरा गरिछाड्ने उनले प्रतिबद्धता जनाए । आगाामी हिउँदमा पुस्तकालयका लागि भवन निर्माण शुरु गर्ने उनको भनाई थियो । ग्रामिण क्षेत्रमा पर्ने भएपनि सो पुस्तकालयमा पुस्तकसहित म्यागेजिन र पत्रपत्रिकासमेत राख्ने उनले आफ्नो योजना सुनाए ।

कार्यक्रममा विद्यालय प्राङ्गणमा कपुर, गुलमोहर, चाप, तेजपत्तालगायतका प्रजातिका करीब ७० विरुवा रोपिएको थियो । सो अवसरमा विद्यालयले नवनिर्वाचित वडाध्यक्ष गुरुङलाई बधाईसमेत ज्ञापन गरेको थियो । विद्यायका प्रधानाध्यापक मणिराज परियार, शिक्षिका राधा आचार्य, शिक्षक रोसन श्रेष्ठलगायतले अवीर र खादा लगाएर बधाई ज्ञापन गरेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button