पोखराको मणिपाल अस्पतालमा सुत्केरी आमा र शिशुको मृत्यु

पोखरा न्युज –
पोखरा फुलवारीमा रहेको मणिपाल शिक्षण अस्पतालमा सुत्केरी आमा र शिशुको मृत्यु भएको छ । धादिङ त्रिपुरा ६ घर भई हाल पोखरा नयाँबजार बस्दै आएकी ३५ बर्षीया शान्ता भण्डारी र छोरा नबजात शिशुको उपचारकै क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो (मंगलबार) दिउसो १०ः३० बजे हिडेरै मणिपाल शिक्षण अस्पतालमा प्रसुती वार्डमा भर्ना भएकी भण्डारीले गएराति २ः१५ बजे शिशुको जन्म दिए लगतै शिशुलाई अस्पतालले मृत्य घोषणा गरेको उनका आफन्तले बताएका छन। नर्मल डेलिभरी भएको भण्डारीको शिशुको जन्म भएको करिब ३ घण्टा पछि आज विहान करिब ५ बजे अस्पतालले आमालाई मृत्यु घोषणा गरेको थियो । उनका आफन्तले अस्पतालको लापरवाहीको कारणले मृत्यु भएको बिरोध गर्दै अस्पताल प्रशासनमा धर्ना दिएका छन । पिडितका आफन्तले घटना सत्य तथ्य सार्वजनीक गरी दोषि उपर कारवाहीको माग गरेका छन ।

अस्पताल प्रसासनले भने यस बिषयमा शिशु मृत अबस्थामा जन्मेको र आमाको बढी रक्तश्राव भएको कारणले मृत्यु भएको जनाएको छ । यस बिषयलाई लियर हाल वार्ता भईरहेको छ । भण्डारीका श्रीमान कन्स्ट्रक्सनमा काम गर्ने मजदुर हुन भने भण्डारीका ८ बर्षकी एक छोरी छिन । उनीहरुको विवाह भएको ९ बर्ष भएको उनका आफन्तले जनाएका छन । अस्पतालले शिशु जन्मे पनि आफन्तलाई नदेखाएको उनका आफन्त भिम भण्डारीले गुनासो गरे । अस्पतालको लापरवाहीको कारणले गर्दा आमाको मृत्यु भएको उनले दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button