पुरानो टुडिखेलमा फुटबल क्याम्प जारी, तीन उमेर समुहका १७० प्रशिक्षार्थी

सुशान्त गाहा मगर , पोखरा न्युज-

पोखरा लेखनाथ महानगरपालिका बगर -१, पुरानो टुडिखेलमा संचालन भैरहेको फुटबल क्याम्पमा तीन उमेर समूहका गरि जम्मा १७० प्रशिक्षार्थीहरु रहेका छन् ।

इन्द्रेणी क्लबको सहयोगमा हिटलर घलेले संचालन गरेका उक्त क्याम्पमा अन्डर १० का ४५ जना अन्डर १४ का ७५ जना र अन्डर १६ का ५० जना प्रशिक्षार्थी सहभागी छन ।

बगर आसपास कस्केरी, सिमपानी, के आई सिं पुल, भिमकालीपाटन, बिन्दबासिनी, मिरुवा, नंया गल्ली लगायतका प्रशिक्षार्थीहरु बिहान ७ बजे बाट सो क्याम्पमा तलिमरत रहेको घलेले बताए । बिहानको समयमा तामिल दिदा अनुशासित बन्नुको साथै ध्यान केन्द्रीकृत गर्न सक्ने क्षमतामा वृद्धि हुने र कुलतमा फस्न बाट टाढै रहने कुरा बताए ।

फुटबल सिटिको रुपमा पोखरा परिचित भैरहदा समय सापेक्ष तथा गुस्तरिय एक्याडेमीको आवश्यक रहेको बताउदै दुई हप्ते क्याम्प संचालन गरेको उनले बताए । उक्त क्याम्पबाट तीन वटै उमेर समुहबाट संभाबित ५० जना प्रशिक्षार्थीलाई छनोट गर्ने छ र तत्काल एक्याडेमी स्थापना गरि निरन्तर तालिम दिईने छ साथै एक्याडेमी स्थापनाको लागि हङकङ, यु।के लगायतका देशहरुमा रहेका साथिभाईहरुसंग समन्वय भैरहेको र सहयोग आउने कुरामा घले बिश्वस्त रहेका छन ।

दुई हप्ते क्याम्पमा प्रमुख प्रशिक्षकको रुपमा फुटसल लेभल १ तथा AFC B र C लाईसेन्स प्राप्त बिष्णु गुरुङ छन भने सहायक प्रशिक्षकको रुपमा दिप कार्की, अन्जन देबकोटा र जनक गुरुङ रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button