कास्की लगायत प्रदेश ४ का अधिकांश गाँउपालिकामा बैंक नहुदा वित्तिय कारोवार गर्न कठिन

डीएनबी,पोखरा न्युज- 

कास्की लगायत प्रदेश नम्बर ४ का अधिकाशं गाँउपालिकामा क बर्गका बैंकहरु नहुदा जनप्रतिनिधिहरुलाई वित्तिय (आर्थिक ) कारोवार गर्न कठिन भएको गुनासो गरेका छन ।

प्रदेश नम्बर ४ का स्थानीय तहमा निर्वाचित भएर काम थालेका प्रमुख र उपप्रमुखको लागि स्थानीय तह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी पोखरामा तीन दीनसम्म चलेको अभिमुखीकरण कार्यक्रममा बोल्दै विभिन्न गाँउ पालिकाका प्रमुख तथा उपप्रमुखहरुले उक्त गुनासो गरेका हुन । गाँउपालिकामा बैंकहरु नहुदा जिल्लाको सदरमुकाममा पुगेर बैंकीङ कारोवार गर्नु पर्ने भएकोले उनीहरुहरुले जछि सक्दो छिटो गाँउपालिकाहरुमा क बर्गाका बैंकहरुको शाखा स्थापना गराउन सरकार समक्ष जोडदार माग समेत गरेका छन ।

कास्कीमा ४ वटा गाँउ पालिका मध्य अन्नपुर्णमा बाहेक अन्य ३ वटा गाँउपालिकामा समेत क बर्गको बैंक नभएको अन्नपुर्ण गाँय पालिकाका प्रमुख युवराज कुंवरले बताए । गाँउपालिकाको सम्पुर्ण विक्तिय आर्थिक कारोवार बैंकबाट गर्दा पारदर्शी हुने भएकोेले यो सिस्टम राम्रो भए पनि अधिकाशं गाँउ पालीकामा बैंक नहुदा जनप्रतिनिधिहरुलाई दुख हुने गरेको बताए । माछापुच्छ«े गाउँ पालिकाका प्रमुख कर्ण बहादुर गुरुङले आफ्नो गाँउ पालिकामा क बर्गको बैंक नहुदा धेरै समस्या हुने बताए । त्यस्तै मुस्ताङका अधिकांस गाँउ पालिकामा समेत बैंकहरु नभएको आफुहरुले धेरै समस्या झेल्नु परेको लोमाङथाङ गाँउपालिकाका उपाध्यक्ष पेमा डोल्मा विष्टले बताइन । उनले भनिन “ हाम्रो क्षेत्रमा हालसम्म कुनै पनि बैंकहरु छैनन, बैंकिङ कारोवार गर्न परे दुई दिनको पैदल हिडेर मुस्ताङको सदरमुकाम जोमसोम पुग्नु पर्दछ। ”

३ दिनसम्म चलेकोे अभिमुखीकरणमा प्रदेश नम्बर ४ मा रहेका १ महानगरपालिका र २६ नगर पालिकाकाका मेयर, उपमेयर तथा ५८ वटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षल सहभागी छन् । ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ७० जना अभिमुखीकरणमा सहभागी भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव गुरुप्रसाद सुवेदीले बताए। सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन आदेश जारी गरे पनि कसरी काम गर्ने भन्ने बारेमा अन्योल कायमै रहेकाले जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम आयोजना गरेको हो । सुवेदीका अनुसार संघीयता र स्थानीय शासन, स्थानीय सह संञ्चालन र व्यवस्थापन आदेश २०७४मा समेटिएक विषय, स्थानीय तह पनि सरकार नै भएकोले प्रमुख र उपप्रमुखको काम, कर्तव्य र अधिकार, बजेट र योजना, अन्तर सरकार वित्तीय हस्तान्तरण, सूचना र प्रविधि युक्त गभर्नेन्स र स्थानीय तह योजना तर्जुमा पद्धतीलाई कसरी राष्ट्रिय योजना तर्जुमासँग समायोजना गर्ने लगायतका महत्वपूर्ण विषयमा अभिमुखकीरकण गराईएको थियो ।

साथै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरा घोषणा पत्र जारी गर्दै प्रदेश नमबर ४ पर्यटनको उद्योगलाई बढुवा दिन स्थानिय श्रोत साधनलाई अधिक प्रयोग गर्नु पर्ने बताए । रोजगार सृजना गरी, उद्योग स्थापना, आधुनिक शहरको विकास गर्ने, कृषि तथा पशुपालनमा जोड, हरियाली वातावरण, दक्षिण एसियाकै उत्कृष्ट पर्यटनको गन्तव्य वनाउने, लगायतका बिषय पोखरा घोषणा पत्रमा समेटिएका छन ।

राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि वास्कोटाले उक्त कार्यक्रमको समापन गर्दै सिकेका कुरा आफ्नो गाँउ शहरमा लागु गर्न आग्रह गरे । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव दिनेश थपलीयाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button