अन्याय देखेर पत्रकार र पुलिस मौन बस्नु अपराध – आचार्य

पोखरा न्युज –
अग्रज पत्रकार भानुभक्त आचार्यले समाजमा हुने अन्याय र अत्याचार देखेर पनि पत्रकार र पुलिस मौन बसेमा अपराध गरे जस्तै हुने बताएका छन ।

विहिबार पोखराका पत्रकारसंग पत्रकार आचारसंहिताको बारेमा कुराकानी गर्दै पत्रकार आचार्यले समाजमा हुने अन्याय, अत्याचारलाई पत्रकार र पुलिसले नियन्त्रण गर्नु पर्नेमा त्यसलाई उनीहरुले देखेर पनि बे वास्था गरे अपराध गरे वा सो सरह हुने दाबी गरेका हुन ।

पत्रकारहरु राजनीतिक पार्टीमा बढी आस्था राखेर पत्रकारीता गरेकोले स्वतन्त्र पत्रकारिताको भावना र मर्म मर्न लागेकोमा उनले चिन्क्ता समेत व्यक्त गरे । नेपाली पत्रकारीता अझै पनि राष्ट्रिय मुद्धामा एक हुन नसकेको दाबी गर्दै पत्रकार आचार्यले नेपालका धेरै संचार गृहहरु समेत ठुला विज्नेस कम्पनिसंग नजिक भएको कारणले गर्दा उनीहरुको नकरात्मक समाचार प्रकासन गर्न नसक्ने जनाए ।

पत्रकार आचारसंहिता पालना गर्न आग्रह गर्दै उनले कम्तिमा पनि एक महिनामा जिल्ला जिल्लामा स्थानिय रुपमा प्रकासन तथा प्रशारण भएका संचार माध्यमका समाचार सामाग्रिहरुको अध्ययन अवलोकन र मुल्याङकन गर्न सके सवै भन्दा सुधार गर्ने उत्तम बाटो हुने आचार्यले दाबी गरे । व्यवसायिक पत्रकारिताको अभ्यास अझै राम्रोसंग सुरुवात हुन नसकेको बताउदै उनले पार्टी विट पत्रकारिताले गर्दा राजनीतिक पार्टीले गरेका नराम्रा कृयाकलापहरु लुकेर रहेने गरेको दाबी गरे ।

नेपाल पत्रकार महासघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव रामप्रसाद तिमिल्सिनाले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button