पोखरा न्युज –
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।
सार्वजनिक नतिजा अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।गत चैत पहिलो साता संचालित परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार १६०० मा डायल गरेर परीक्षाको नतिजा थाहा पाउन सकिनेछ । त्यसैगरी १६०० मै एसएमएस वाट SEE (symbol No) टाइप गरेर नतिजा हेर्न सकिने छ । निम्नानुसारका वेबसाईटवाट पनि नतिजा प्राप्त गर्न सकिनेछ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस
संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हो ।