दार्जिलिङमा शान्तिको कामना गर्दै पशुपतिमा दीप प्रज्वलन

पोखरा न्युज –

भारतको दार्जिलिङ आसपासका क्षेत्रमा शान्तिको कामना गर्दै शनिबार यहाँ दीप प्रज्वलन गरिएको छ ।

पशुपति मन्दिरको आरती स्थलमा भएको दीप प्रज्वलनमा नेपालमा अस्थायी रुपमा बसोबास गरिरहेका दार्जिलिङ, सिलगुढीलगायत स्थानका नेपाली भाषी बासिन्दा, त्यहाँ पढेका नेपाली विद्यार्थीको सहभागिता रहेको थियो ।

गोरखाल्यान्ड माग गर्दै चलिरहेको आन्दोलनका क्रममा मारिएकाको आत्माको चिर शान्तिको कामना, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा सो क्षेत्रमा शान्तिको कामनासहित आफूहरुले दीप प्रज्वलन गरेको अभियानमा सहभागीले बताएका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button