मोटिभेसन तथा लिडरशिप ट्रेनिङ सम्पन्न

पोखरा न्युज –

कम्प्युटर एसोसिएसन अफ नेपाल कास्की साखाको वार्षिक कार्यक्रम अन्र्तगत १ दिने मोटिभेसन तथा लिडरशिप ट्रेनिङ सम्पन्न भयो ।

न्यूरोड स्थित होटल दिपशागरको सभाहलमा सम्पन्न भएको कार्यक्रममा जेसिसका २०१७ का कानूनी शल्लाहाकार शालिकराम सुवेदीले मोटिभेसन सम्वन्धि तालिम दिनुभएको थियो भने ला ग्रान्डी कलेजका प्रिन्सीपल तथा जेसिजका सल्लाहाकार किरण केसीले लिडरशिप सम्बन्धी तालिम दिनुभएको थियो ।

क्यान महासंघ कास्कीका अध्यक्ष चिन्तामणी वास्तोलाको अध्यक्षता तथा क्यान महासंघ नेपालका केन्द्रिय अध्यक्ष ई. विनोद ढकालको प्रमुख आतिथ्यमा तथा क्यान महासंघ कास्कीका शिक्षा समिति सदस्य घननाथ सापकोटाले संयोजन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य यस संस्थाका उपाध्यक्ष युवराज पौड्यालले गनुभएको थियो ।  कार्यक्रम संचालन सचिव रुक्मागत भण्डारी (विश्वास) ले गर्नुभएको थियो ।

कार्यक्रममा क्यान महासंघ कास्कीमा आबद्ध भएका संस्थाका प्रतिनिधीहरुको ठूलो सहभागिता रहेको थियो । प्रमुख अतिथिको आशनबाट बोल्दै क्यान महासंघका अध्यक्ष ढकालले क्यान महासंघ कास्कीका हरेक गतिविधीहरु प्रशंसनिय रहेको बताउनु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button