बिरौटामा ३ करोडको लागतमा रिदम होटल एण्ड लज संचालनमा

पोखरा न्युज –

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ पार्दी विरौटा स्थित होटल रिदम अर्गानिक रेष्टुरेण्ट एण्ड लज हालै संचालनमा आएको छ । मध्यम बर्गका ग्राहकहरुलाई शान्त वातावरणमा सेवा दिने उद्धेश्यले उक्त होटल तथा रेष्टुरेण्ट हालै संचालनमा ल्याएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

पर्यटकिय नगरी पोखरामा अर्गानिक खाना उपलब्ध गराउने गरी उक्त होटल तथा रेष्टुरेण्ट संचालनमा ल्याएको लजका निर्देशक युवा उद्यमी दीपक पौडेल शर्माले बताए । रिदम फ्रेस हाउस, लोक्कल हाईजनिक मासु, प्रतिभा ट्रभल्स एण्ड टुर्स, सुविधा सम्पन्न लज, एक सय ५० जना क्षमताको सभाहल तथा भिआईपिहरुको लागि सानो २५ जना क्षमताको हल, पार्किङको व्याबस्था, गार्डेनको सुविधा, दोहोरी साँझ लगायतका सेवाहरु उपलब्ध हुने भएको शर्माले जनाए । पहिलो चरणमा ३ करोड लगानी गरेको यस होटल तथा रेष्टुरेण्टमा २८ जनाले रोजगार पाउने भएको उनले बताए । उनले भने “ म पनि एक संचारकर्मी एवं मोडलिङ कलाकार भएको नाताले आर्थिक रुपमा स्वदेशमै केही गर्नू पर्दछ भन्दै यो व्यवसायमा लगानी गरेको हुँ । ” पर्वतकोे कार्कीनेटा देखि पुम्दी भुम्दी, भरतपोखरी कृष्ति लगायतको ठाँउबाट अर्गानिक फलफुल तरकारी संकलन गरी आफ्ना ग्राहकहरुलाई खुवाउने भएको निर्देशक शर्माले जनाए ।

होटलमा ६ डिलक्स सहित ७ वटा रुम रहेका छन भने ८ सय देखि २ हजार मुल्य बराबरका रुमहरु उपलब्ध छन । सोमबार रेष्टुरेण्टमा आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा वौल्दै निर्देशक शर्माले केही बर्षमा पोखराा लेखनाथ महाानगरपालिका २२ पुम्दीमा समेत होटल खोल्ने योजना भएको बताए । दोहोरी साँझ समेत भएकोले कलाकार चोलेन्द्र पौडेलको नेतृत्वमा कलाकारको टिम तयारी अबस्थामा रहेको उनले जनाए । उद्घाटनको अवसरमा केहि महिना विशेष छुट दिने भएको अध्यक्ष करिस्मा बरालले बताईन । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले धेरै सेवा दिने उद्धेश्यले स्थापना भएको उक्त रेष्टुरेण्टले धेरैको मन जित्न सक्ने गरी गुणस्तरिय सेवा दिन आग्रह गरे । पत्रकार दीननाथ बरालले संचारकर्मीहरु पनि आफ्नो कर्मसंगै उद्यमी तथा व्यवसायी वन्नु पर्ने बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button