खेलाडी श्रेष्ठलाई सम्मान, गोदारलाई विदाई

पोखरा न्युज –

मुहा थाईका अन्तराष्ट्रिय खेलाडी एवं प्रशिक्षक उमेश श्रेष्ठ सोमबार पोखरामा सम्मानित भएका छन । नेपाल मुहा थाई संघले एक समारोहका बिच सोमबार श्रेष्ठलाई सम्मान गरेसंगै टर्कीमा दश दीने प्रशिक्षणमा जान लागेका खेलाडी तथा प्रशिक्षक दीपक गोदारलाई विदाई गरिएको हो ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङ, क्यू कोसिन बुधो काई कराँते कास्कीका अध्यक्ष ई.धर्मराज कोईराला, खेलाडी संघ कास्कीका उपाध्यक्ष राजन पौडेल लगायतले श्रेष्ठलाई सम्मानपत्रको साथमा खादा तथा अविर लगायर सम्मान गरेका हुन । उक्त अवसरमा चिल्लिबाट पोखरामा मुहा थाई सम्बन्धि प्रशिक्षण गराएको भन्दै फ्रान्सवास पिटीपालाई समेत मायाको चिनो प्रदान गरी सम्मान गरिएको हो । कार्यक्रममा वोल्दै संघका उपाध्यक्ष गुरुङले यस्ता खेलगतिविधिलाई अघि बढाउन आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button