घाचोकमा धान महोत्सव हुने

पोखरा न्युज –

अखिल नेपाल महासंघ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा भोलि राष्ट्रिय धान दिवसको अवसरमा घाचोकमा धान महोत्सव हुने भएको छ ।

उक्त महोत्सवमा पुर्व मन्त्री एवं एमाले प्रदेश नम्बर का प्रमुख किरण गुरुङ सहितका नेता तथा कृषकहरुको उल्लेखनिय रुपमा सहभागिता हुने भएको समिति कास्कीका अध्यक्ष चुडामणी बरालले बताए । उनका अनुसार भोलि विहिबार घाचोक ३ स्थित अर्जुन पोखरेलको करिब ५ रोपनी क्षेत्रफल रहेको खेतमा राष्ट्रिय धान दिवसको अवसरमा उक्त महोत्सव हुने भएको हो । महोत्सवमा विभिन्न प्रतियोगिताहरु आयोजना हुने भएको बरालले बताए ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button