पिएन क्याम्पसमा गुणात्मक अनुशन्धान कार्यशाला सम्पन्न

पोखरा न्युज –

यु.जि.सी.को सहयोग र शिक्षा विभागको संयोजनमा शुक्रबारदेखि सञ्चालित ६ दिने गुणात्मक अनुशन्धान कार्यशाला बुधबार सम्पन्न भएको छ । कार्यक्रममा शिक्षाविद् प्रा. डा. मनप्रसाद वाग्ले, डा. पेशल खनाल र प्रा. डा. लेखनाथ भट्टराईद्वारा प्रशिक्षण प्रदान गरिएको थियो । उक्त कार्यक्रममा पिएन क्याम्पस शिक्षाशास्त्र संकायका ३० जना प्राध्यापकहरु सहभागि रहेका थिए ।

समापन कार्यक्रम शिक्षा विभागका विभागीय प्रमुख खिमराज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा निमित्त क्याम्पस प्रमुख नन्दलाल अधिकारी र शिक्षा संकाय स्नातकोत्तर कार्यक्रम संयोजक चोलाकान्त ओझाले समापन मन्तव्य राखेका थिए । उनीहरुले कार्यक्रम उपलब्धीमूलक र सान्दर्भिक रहेको बताए । तालिम कार्यशालामा सिकेको ज्ञानलाई व्यवहारिक बनाउनुपर्नेमा उनीहरुले जोड दिए ।

कार्यक्रममा सहभागिहरुको तर्पmबाट उपप्राध्यापक बोधराज ढकालले बोलेका थिए भने कार्यक्रम सञ्चालन विभागकी सदस्य राममाया रानाले गरेकी थिइन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button