लेखनाथ रङ्गशालालाई वैकल्पिक रंगशालाको रुपमा विकास गरिने

पोखरा न्युज –

खेलकुद क्षेत्रको बिकासमा सहयोग पुरयाउने उद्धेश्यले लेखनाथको भण्डारढीकमा बहुउददेश्यीय कर्भड हल निर्माण गरिने भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको आर्थीक सहयोग र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको पहल एवंम आर्दश युवा क्लवको संरक्षणमा करिव ५५ लाखको लागतमा अन्तराष्ट्रिय मापदण्ड स्तरको कर्भडहलको बुधबार एक कार्यक्रमका विच शिलन्यास गरिएको हो ।

सन २०१९ मा हुने सार्क स्तरिय खेलकुद प्रतियोगितालाई मध्यनजर राख्दै ४५ मीटर लम्वाई र ३० मीटर चौडाईको बहुउद्धेसिय कर्भड हल भित्र विभिन्न प्रकारका खेलहरु खेल्न सकिने छ ।

बहुउद्धेसिय कर्भड हलको शिलन्यास गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलकुद क्षेत्रको विकासका लागि पुर्वाधार खडा गर्दै खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पद्र्धी वनाउनु पर्नेमा जोड दिए । उनले लेखनाथको भण्डारढीकमा अवस्थित रंगशालालाई कास्कीको वैकल्पिक रंगशालाको रुपमा विकास गर्न हर सम्भव प्रयास गरिने समेत वताए ।

आदर्श युवा क्लवका अध्यक्ष लक्ष्मी भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष तथा पोखरा लेखनाथ महानगर पालिका वडा नं २९ का वडाअध्यक्ष चेतवहादुर गुरुङ र भवन निर्माण समितिका सदस्य सचिव सुभाष खड्काले युवाहरुलाई खेलकुद तर्फ आकर्षण गर्नका लागि ब्यवस्थीत खेल मैदान आवश्यक पर्ने भएकोमा जोड दिएका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button