ओम डेभलपमेन्ट बैंकको शाखा अर्घाैमा

 

पोखरा न्युज –

ओम डेभलपमेन्ट बैंकको अर्घाै, लेखनाथ शाखाको बिधिवत उद्घाटन गरिएको छ । २०७४ असार १६ गते शुक्रबार एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथी पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सि.द्धारा श्री लक्ष्मि मा.बि. लेखनाथलाई छात्राबृद्धि बितरण र सृजना बहिरा आवासिय माध्यमिक बिद्यालय, लेखनाथलाई पंखा बितरण गरी शाखाको उद्धघाटन गरिएको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष सुशील कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बैंकका विविध पक्षहरुको जानकारी गराउनुभएको थियो ।

ओमले गत असार २ गते मनास्लु विकास बैंकसंग संयुक्त कारोवार गरेको थियो । संयुक्त कारोवार पछि बैंकको चुक्ता पुंजी १ अर्ब ६५ करोड, निक्षेप १५ अर्ब ४० करोड, कर्जा १३ अर्ब ८० करोड, शाखा संख्या ४१, कर्मचारी संख्या ३२७, ग्राहक संख्या २ लाख २३ हजार पुगेको छ । बैंकले १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडी बढाईसकेको प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले जानकारी दिनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button