पोखराको पस्र्याङ्गमा पहिरो, पहिरोले घर पुरिँदा बालकको मृत्यु

 

पोखरा न्युज –

पोखरा–लेखनाथ महानगरपालिका–१८ पस्र्याङ्ग पाखामा गए राति आएको भीषण वर्षासँगै घर माथिबाट आएको पहिरोले ब्लकले बनेको घर पुरिँदा एक बालकको मृत्यु भएको छ ।

सो ठाउँमा रहेको तारापति अधिकारीको घर पहिरोले पुरेपछि हजुरआमासँगै सुतेका १४ वर्षीय बालक टङ्क क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

पहिरोले पुरेर सख्त घाइते भएका क्षेत्रीको उपचारार्थ फिस्टेल अस्पताल ल्याइएकामा उपचार गर्दागर्दै उनको मृत्यु भएको छ । मृतक शनिबार मात्रै मामलीको घरमा बस्न आफ्नो घर स्याङ्जाबाट पोखरा आएका थिए । पहिरोले घर पुरेपछि उनीसँगै सुतेकी हजुरआमा भागेकाले बच्न सकेको प्रहरीले जनाएको छ ।

त्यस्तै, फिर्के खोलामा आएको बाढीले खोलामा राखिएको ह्युम पाइप जाम हुँदा वरपरका नौ घर जलमग्न भएका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button