माटेपानी गुम्बा पहिरोको जोखिममा

पोखरा न्युज –

पोखरा–लेखनाथ महानगरपालिका–१२ माटेपानीको डाँडास्थित माटेपानी गुम्बा पहिरोको जोखिममा परेको छ ।

गए रातिको भीषण वर्षासँगै गुम्बाको तल्लो भागमा पहिरो जाँदा गुम्बाको केही भाग चर्किएको गुम्बा व्यवस्थापन समितिका सचिव पूर्णबहादुर भुजेलले जानकारी गराउनुभयो । उहाँका अनुसार गुम्बाको फेदीदेखि घुम्टे भिरसम्म जान सडक खनिएकाले गुम्बाको तल्लो भागमा गए राति पहिरो गएको हो ।

पहिराले गुम्बामा जान बनाइएका १५० सिँढी भत्काएको छ । स्वदेशी तथा विदेशी पर्यटक गुम्बा निरीक्षणका लागि दैनिक जाने गर्छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button