बुढाबुढीको झगडा : फेसबुकमा स्टाटस (हेर्नुहोस् भिडियो)

[mom_video type=”youtube” id=”4kO8Ie9uars “]

पोखरा न्युज –

पहिला पहिलाको भन्दा आजकाल बुडाबुढीको घर झगडा हुने शैली भिन्न देखिन्छ । पहिला घरमा हेपेको र सासु ससुराले दुख दिएको विषयमा झगडा हुने गर्दथ्यो तर अहिले टिभिमा आउने सिरियल र फेसबुकको विषयमा झगडा हुने गर्दछ ।

यस्तै विषयमा अहिले तिजका गितहरु आउने गरेका छन् । बुढाबुढीको बीचमा आजकल कस्तो विषयमा झगडा हुन्छ भन्ने कुरा थ्रिस्टार मिडियाले एउटा तिजको गित बजारमा ल्याएको छ । डिल्लीराम रेग्मी (सुजन) शब्द, टेक नारायण चापागाई ९टिएनसी० को लयमा फेसबुकमा स्टाटस भन्ने तीजको गित अहिले बजारमा चर्चामा रहेको छ ।

संचारकर्मी नारायण भट्टराई र अनिता पन्त खनालको स्वरमा रहेको गितको एरेन्जर दिवान किनार रहेका छन् ।

गितको भिडियो स्याडो क्रियशनले निर्माण गरेको हो । गितमा शिशिर श्रेष्ठले निर्देशन, समिर थोकरले कोरीयोग्राफी, रेशम दर्लामीले छायांकन र प्रदीप दहालले सम्पादन गरेका हुन् । गितमा मिन खनाल र मालति घलेको अभिनय देख्न सकिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button