पोखराको बजारमा एन्ड्रोइमा नोकियाका तीन नयाँ मोडल

पोखरा न्युज –

विश्व बिख्यात मोबाईल कम्पनी नोकियाले आफ्नो पछिल्ला उत्पादन एन्ड्रोईड स्मार्टका तीन नयाँ मोडल बजारमा ल्याएको छ । पहिलो चरणमा तीन वटा मोडल नोकिया ३ नोकिया ५ र नोकिया ६ रहेका छन् ।

पोखरा लेखनाथ सहित गण्डकी क्षेत्रलाई लक्षित गरी उक्त मोवाईलहरु बजारमा विक्रि वितरण सुरु भएको गण्डकी अञ्चलका लागि आधिकारिक वितरक न्यु एस.पि. ईन्टरप्राईजेज पोखराले जनाएको छ । उक्त फोनको मुल्य नोकिया ३ को १५ हजार ६ सय ५०, नोकिया ५ को २१ हजार ३ सय ५० र नोकिया ६ को २५ हजार ६ सय रहेको छ ।

उक्त तीन वटै मोडलमा फोर जि चल्नुका साथै एन्ड्रोईडको पछिल्लो भर्सन नउगट मा आधारित भएको न्यु एस.पि. ईन्टरप्राईजेजका संचालक शिवराज पहारिले बताए । उनका अनुसार नोकिया ३ मा पाँच ईन्चको आईपीएस स्क्रिन, अगाडि र पछाडि आठ मेगा पिक्सेल क्यामरा, दुई जिबि ¥याम र १६ जिबिको मेमोरि मा उपलब्ध छ। साथै यस्मा २ सय ५६ जिबि सम्मको मेमोरि थप गर्न मिल्ने पहारीले जनाए ।
यसैगरी नोकिया ५ मा ५.२ ईन्चको आईपीएस स्क्रिन, पछाडि १३ र अगाडि ८ मेगा पिक्सेलको सेल्फि क्यामरा, फिङ्गर प्रिन्ट सेन्सर लगायत को सुबिधा रहेको संचालक पहारीले बताए । नोकिया ६ मा ५.५ ईन्चको आईपीएस स्क्रिन, पछाडि १६ र अगाडि ८ मेगा पिक्सेलको सेल्फि क्यामरा, फिङ्गर प्रिन्ट सेन्सर, ३ जिबि ¥याम र ३२ जिबि मेमोरी रहेको यो फोनमा २ सय ५६ जिबि सम्मको मेमोरि थप्न मिल्ने कम्पनिले जनाएको छ ।

उक्त तीन वटै मोबाईल फोन हरू आकर्षक डिजाइन तथा विभिन्न रंग हरूमा उपलब्ध छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button