पोखरामा साउनको अन्तिम साता ‘ईक्यान कास्की एजुकेसनल फेयर’ हुने

पोखरा न्युज-

पोखरामा यही साउन अन्तिम साता पाचौं संस्करणको ‘ईक्यान कास्की एजुकेसनल फेयर’ हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघ ईक्यान कास्कीको आयोजनामा विहीबार पोखरामा पत्रकार सम्मेलन गरी यही साउने २७ देखि २९ गते सम्म पोखरा सभागृहमा उक्त मेला हुने भएको जानकारी गराईएको हो ।

दश जोड दुई कक्षाको अन्तिम परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै अघिल्लो मेला सकिएको ७ महिना नबित्दै ईक्यान कास्कीले अर्को मेला आयोजना गर्ने भएको कार्यक्रम संयोजक रमेश कुमार थापाले बताए । पुस÷माघ महिनाको समय विद्यार्थीका लागि उपयुक्त नभएको महशुष भएकाले साउनमा गर्न लागिएको प्रष्ट पारे ।

मेलाको दश हजार बढीले अवलोकन गर्ने आयोजक ईक्यान कास्कीको अनुमान गरेको छ । मेला आयोजना गर्न करीब १० लाख खर्च हुने अनुमान गरिएको मेला संयोजक थापाले बताए । मेला सम्पन्न गर्नका लागि करीब १५ लाख संकलन गरेर त्यसबाट करीब ३ लाख बचत गर्ने र उक्त रकम गरिब तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा सहयोग रकम प्रदान गर्ने आफूहरुको लक्ष्यरहेको उनले बताए।

बैदेशिक अध्ययन परामर्श सम्बन्धी जानकारी दिने उद्धेश्यले आयोजना हुने एजुकेसनल फेयरमा शैक्षिक परामर्श ब्यबसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्टे«लिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, रुस, जापान, भारत, चीन, बंगलादेशलगायतका देशका कलेज तथा विश्वविद्यालयका प्रतिनीधिहरुको सहभागिता रहने मेलामा अध्ययनका लागि विदेश जाने वा बैदेशिक रोजगारीका लागि जान चाहनेहरु लाभान्वित हुने उनले बताए । उनका अनुसार मेलामा विदेशमा शैक्षिक क्षेत्रमा भएका परिवर्तन, विभिन्न देशका शिक्षा नीति, रहनसहन, वातावरण, समाज, सम्बन्धित कलेज तथा विश्वविद्यालय, लाग्ने शिक्षण शुल्क, स्वास्थ्य बिमा, अध्यागमन शुल्क लगायतका बारेमा पनि जानकारी गराईनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button