वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन अध्यक्ष प्रचण्डको आग्रह

पोखरा न्युज –

नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित प्रतिनिधिमण्डलले बुधबार भेट गरेको छ ।

भेटमा संघका प्रतिनिधिमण्डलले वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरीदिन अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको थियो ।

सो अवसरमा अध्यक्ष प्रचण्डले संघमा विजयी पदाधिकारी र सदस्यलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिनुभयो ।

उहाँले भन्नुभयो, “वैदेशिक रोजगार व्यवसायलाई सम्मानित, पारदर्शी र व्यवस्थित बनाउने सरकार, तपाईहरु, नेपाली जनता सबैका लागि चुनौती हो । निर्वाचनमार्फत संघमा वामपन्थी समूहले वर्चश्व कायम गरेकाले तपाईहरु इमान्दारितापूवर्क व्यवस्थित गर्नेतर्फ लाग्नुस् ।

देशभित्र रोजगारीको सिर्जना गर्नु अहिलेको प्रमुख आवश्यकता भए पनि त्यो बिस्तारै हुँदै गएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “नेपालको आर्थिक वृद्धिदर सम्भव छ भन्ने मेरो १० महिने कार्यकालमा देखियो । सामाजिक न्यायसहितको विकास हुनुपर्छ । धनी र गरीबबीचको खाडल बढी हुन भएन ।”

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले संघका पदाधिकारीसँगको भेटमा एमाले अध्यक्ष केपी ओलीले वामपन्थी पार्टीबीच सहकार्यका लागि गरेको प्रस्ताव सकारात्मक भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “ढोकामा भोटेताल्चा लगाएर एकता हुँदैन, ढोका खोलेर भन्नुप¥यो ।” निःशुल्क प्रवेशाज्ञा र टिकटमा केही परिमार्जन गर्नुपर्ने, मलेसिया जाने कामदारबाट विभिन्न कम्पनीको नाममा भइरहेको ठगी नियन्त्रण हुनुपर्ने लगायतका विषयमा अध्यक्ष प्रचण्डलाई संघका पदाधिकारीले ध्यानाकर्षण गराएका थिए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button