स्कुलको प्रशासन हेर्ने नेपालकै पहिलो सफ्टवेयर सार्वजनिक

पोखरा न्युज –

जेफ्टवेयर सोलुसन प्रालिले तयार पारेको विद्यालय व्यवस्थापन सफ्टवेयर ‘जेफएड’ को औपचारिक सूरूवात भएको छ । विराटनगरमा आयोजित एक समारोहका विच जेफएडको औपचारिक सूरूवात भएको हो ।

विराटनगरको सारंगी रेस्टुरेन्टमा आयोजित कार्यक्रममा प्रमुख अतिथि क्यान मोरगंका अध्यक्ष तथा नेपाल सुचना प्रविधी काउन्सिलका सदस्य निर्मल तामागंले केक काटेर जेफएडको बिटा संस्करणको सूरूवात गरेका हुन् । उनले उद्घाटन पछि बोल्दै यस क्षेत्रको सूचना प्रविधिको क्षेत्रमा यस सफ्टवेयरले नयाँ फड्को मारेको बताएका । ‘ग्रामिण क्षेत्रका विद्यालयहरूलाइ समेत समेट्ने प्रयास गर्न आवश्यक छ ‘ तामागंले बताए । कार्यक्रममा जेफ्टवेयर सोलुसनका सिइओ मोहन तबदारले उक्त सफ्टवेयरको विशेषताहरूको बारेमा बताउदै त्यस नमुना प्रस्तुत गरेका थिए । उनको अनुसार यस सफ्टवेयर कुनै पनि विद्यालयको प्रशासन संचालनका लागि आवश्यक पर्ने सबै कार्य गर्न सक्षम रहेको छ । यसले विद्यालय, अभिभावक, विद्यार्थी र शिक्षक विचको खाल्डोलाइ पुर्ने कार्य गर्ने उनले विश्वास व्यक्त गरे ।

यसको मद्दतबाट विद्यार्थीको हाजिरी, शुल्क, परिक्षाको रिपोर्ट , शिक्षक कर्मचारीको तलब लगायतको विवरण सबैको व्यवस्थापन गर्न सकिने जानकारी उनले दिए । उनको अनुसार विद्यालयहरूका लागि परिक्षणका लागि पहिलो ३ महिना निस्शुल्करूपमा उपलब्ध समेत गराउने बताए । कार्यक्रममा जेफएडको वेबसाइट शभाभम।अयm को समेत सुरूवात गरिएको थियो ।

जेफ्टवेयरका अनुसन्धान विभाग प्रमुख अनुप न्यौपानेले ३ वर्षको लामो अनुसन्धान र परिश्रमबाट सफ्टवेयर तयार भएको र यसलाइ संसारकै उत्कृष्ठ विद्यालय व्यवस्थापन सफ्टवेयर बनाउन आफ्नो समुह लागि परेको बताए ।

जेफ्टवेयर सोलुसनका अध्यक्ष शंकर भट्टराइले सभापतित्व ग्रहण गरेको कार्यक्रममा जेफ्टवेयरका प्रविधि विभाग प्रमुख संदिप भगत, अजित चापागाँइ, मनोज संग्रौला, पर्वत राज झा, ओबी मिडियाका सुचना विभागका निर्देशक सरोज कार्की लगायतले सफ्टवेयरको विषयमा विचार राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button