गण्डकी बोर्डिङ स्कुल जारी ह्याण्डबल प्रतियोगिताको फाईनलमा प्रबेश

 

पोखरा न्युज –

डिफेण्डिङ च्याम्पियन पोखरा लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कुल एकता बुक्स अन्तर बिद्यालय छात्रा ह्याण्डवल प्रतियोगिताको फाईनलमा प्रबेस गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको पहिलो सेमिफाईनल खेलमा गण्डकीले ज्ञान ज्योति बोर्डिङ स्कुललाई ७–१ को फराकिलो गोल अन्तरले पराजिदत गर्दै उपाधि नजिक पुगेको हो । गण्डकीको जितमा आकृती गुरुङले ह्याट्रियक, सविता बाँस्तोलाले दुई र स्मृती गुरुङले उक गोलको योगदान दिएका हुन । ज्ञान ज्योतिकी सम्झना छन्त्यालले शान्तोना एक गोल गरिन । गण्डकीले शनिबार नै भएको क्वाटरफाईनल खेलमा पोखरा लनर्स एकेडेमीलाई १२–२ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । ज्ञान ज्योजितले क्वाटर फाईनलमा रेन्वो एकेडेमीलाई ४–१ को गोल अन्तरले पराजित गरेको हो । पोखरा एकेडेमी र सरस्वती बिद्याआश्रम बिच शनिबार भएको दोश्रो समेफाईनल खेलको क्रममा पानी परेको कारणले गर्दा स्थगित भएको छ । स्थगित भएको उक्त खेल आईतबार विहान ८ः३० बजे पछि हुने भएको बिद्यालय ह्याण्डवल संघ कास्कीका सचिव खिम बहादुर गुरुङले बताए । पोखरा एकेडेमीले एस.ओ.एस. हर्मन माईनरलाई ७–० र सरस्वतीले लिटिल स्टेप माविलाई ४–३ को गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा यात्रा तय गरेको हो ।

त्यसै गरी छात्रतर्फ विभिन्न चरणका खेलहरु भएका थिए । माउण्ट अन्नपुर्ण छात्रतर्फको खेलमा सेमिफाईनलमा प्रबेस गरेको छ । पहिलो क्वाटर फाईनल खेलमा माउण्ट अन्नपुर्णले अक्सपोर्ड बोर्डिङलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । त्यस्तै शनिबार भएको अन्य खेलमा कास्की मोडनाईज, गण्डकी बोर्डिङ स्कुल, एस.ओ.एस., सरस्वती बिद्याआश्रम, सोसल पव्लिक स्कुल र चिल्ड्रेन एकेडेमी क्वाटर फाईनलमा प्रबेस गरेका छन । शनिबार दिउसो देखि पानी परेको कारणले गर्दा क्वाटर तथा सेमिफाइनलका खेलहरु स्थगित भएका हुन । आइृतबार मौसमले साथ दिएको खण्डमा आयोजकले प्रतियोगिता समापन गर्ने तयारीमा जुटेको छ ।

काठमाण्डौंको एकता बुक्स डिष्ट्रिब्यूटर्स प्रा.लिले मुख्य प्रायोजन गरेको उक्त प्रतियोगितामा २३ बिद्यालयको सहभागिता रहेको प्रतियोगिता संयोजक क्याप्टेन जग बहादुर गुरुङले बताए । तेश्रो संस्करणको उक्त प्रतियोगिता अन्र्तगत छात्र तर्फ २२ र छात्रा तर्फ १८ टिमको सहभागिता रहेको बिद्यालय ह्याण्डवल संघ कास्कीका अध्यक्ष श्रीकृष्ण अधिकारीले जनाए । अन्तराष्ट्रिय ओलम्पिक दिवस तथा अन्तराष्ट्रिय ह्याण्डवल दिवसको अवसरमा नेपाल ह्याण्डवल संघको तत्वावधान र कास्की जिल्ला बिद्यालय ह्याण्डवल संघ र कास्की जिल्ला ह्याण्डवल संघको सयुक्त आयोजनामा उक्त प्रतियोगिता करिब एक महिना अघि पोखरामा लिग चरणका खेलहरु भएको थियो ।

नोटः मौसमले साथ दिएको खण्डमा भोलि (आईतबार) दिउसो २ः३० बजे पोखरा रंगशालामा फाइनल खेलसंगै प्रतियोगिता समापन हुने हुदा यहाँ र यहाँको संस्थागत सहभागिताको लागि हार्दिक निमन्त्रणाः गर्दछौं ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button