पोखरामा नक्कली सुन बेच्ने गिरोह प्रहरी फन्दामा

 

पोखरा न्युज ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा क्षेत्रमा नक्कली सुन बेच्ने गिरोहलाई पक्राउ गरेको छ । सो बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रहरीले चार जनालाई आइतवार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा तनहुं म्याग्दे गा.पा. बडा नं २ बस्ने रबिराज खनाल र जिल्ला बाग्लुङ बुर्तिबाङ २ हाल ढोरपाटन न.पा.२ सलाङकोट बस्ने छम बहादुर खत्री के.सी, लम्जुङ साविक खुदी गा.वि. स.हाल मर्स्याङदी गाउपालिका वडा नं. ३ घर भएका राजु तामाङ र सुन्दर बजार न.पा.वडा नं.८ बलथुम बस्ने प्रेम बहादुर परियार दमैलाई रहेका छन ।

प्रहरीका अनुसार उनीहरुले पोखरा लेखनाथ क्षेत्रमा ठगी गरि रहेको सूचनाका आधारमा ४ नं. प्रदेश प्रहरी कार्यालय पोखरा र जिलला प्रहरी कार्यालयको अनुसन्धानको टोलीले भदौ ३० गते पक्राउ गर्न सफल भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क वहादुर खत्रीले जानकारी दिए । पक्राउ परेका मध्ये खनाल र खत्रीले धातुलाई सुनको जलप दिएर १ किलो ५ सय ग्राम वनाई विक्रि गर्न लागेका थिए । प्रहरीका अनुसार ठगी अभियोग लागेका खनालले उक्त सुनलाई १६ लाखमा बिक्रि गर्न लागेका थिए ।

घटनामा संलग्न रहेका राजु तामाङ्ग र प्रेम बहादुर परियार दमैलाइ भने प्रहरीले सुन ठगीकै अभियोगमा समातेको हो । उनीहरुले भदौ १९ गते पोखरा लेखनाथ महानगरपालिका वडा नं. २६ बुढीबजार बस्ने सरस्वती गुरुङलाई सुनको मुर्ती धितो राखेर ६ लाख ६५ हजार ठगेर वेपत्ता भएका थिए । प्रवक्ता खत्रीले उनीहरु चारै जना एउटै गिरोहको भएको र एउटा काम सफल भए पश्चात दोश्रो ठगी काममा हात हाल्दा प्रहरीको फन्दामा परेको बताए । नासो राखिएको सुनको मुर्ती लिन नआएपछि गुरुङ्ग आफु ठगिएको चाल पाएकी थिइन । गुरुङ्गले प्रहरीमा जाहेरी दिए पछि ठगी गर्नेहरुको व्यापक खोजी भइरहेको वेला खनाल र केसी १ किलो ५ सय ग्रामको नक्कली सुनको ढिक्का सहित पक्राउ गर्न सफल भएको प्रवक्ता खत्रीले जानकारी दिए । उक्त ठगी काण्डमा समेत खनाल र  के.सी. समेतको संलग्नता रहेको प्रहरील जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button