रौतहटमा सेफ्टी ट्याकमा निसासिएर तीनको मृत्युु, एक प्रहरीको अवस्था नाजुुक

पोखरा न्युज ।

यमुुनामाई गाँउपालिकाकोे एउटा निर्माणाधीन सेफ्टी ट्याकमा निसासिएर बुधबार तीन जनाको मृत्युु भएको छ ।

यमुुनामाई गाँउपालिका–१ शुकदेव चौकस्थित वकिल बैठाको निर्माणाधीन ट्याकमा दुुई मजदुर र घरधनीको छोरोको निसासिएर मृत्युु भएको प्रहरीले जनाएको छ ।

मृत्युु हुुनेमा देवाही गोनाही नपा–२ का ३० वर्षीय नागेश्वर माझी, परोहा–१ का ३१ वर्षीय विजय बैठा र घरधनीका छोरो ३० वर्षीय मुुना बैठा रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले जानकारी दिनुुभयो ।

प्रहरी निरीक्षक रेग्मीका अनुुसार बुधबार दिउँसो करिब १२ बजे निर्माणाधीन ट्याकीको सेन्टिङ भित्रबाट खोल्न जाँदा पहिले दुुईजना मजदुुरको निसासिएर ज्यान गएको थियो ।

केही समयपछि ट्याकीभित्र हेर्न गएका घरधनीको छोराको मृत्युु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुुमान रहेको छ । मृतकका शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निर्माणाधीन ट्याकी करिब १२ फिट गहिरो रहेको बताइन्छ । घटनापछि अवस्था हेर्न छिरेका एकजना प्रहरी जवान समेतको अवस्था नाजुुक भएपछि डोजरबाट ट्याकी फोडेर मृतकलाई बाहिर निकालिएको प्रहरी निरीक्षक रेग्मीले बताउनुुभयो ।

प्रहरी जवानको उपचार पछि अवस्था ठीक भएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button