‘डिजिटल नेपाल’ बनाउन सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड

पोखरा न्युज ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत अर्जेन्टिनाको ब्यूनर्स आयर्समा भएको ‘विश्व दूरसञ्चार विकास सम्मेलन’मा भाग लिई आज स्वदेश फर्कनुभएको छ ।

स्वदेश फर्कने क्रममा मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सम्मेलनमा विश्वभरका विभिन्न देशका दूरसञ्चारको क्षेत्रमा भएका नवीनतम प्राविधिक प्रयोग, सफलता र अभ्यासको आदानप्रदानका बारेमा महत्वपूर्ण छलफल भएको बताउनुभयो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएका मन्त्री बस्नेतले सम्मेलनलाई यही अक्टोबर १० तारिखमा सम्बोधन गर्दै नेपालले हालसम्म दूरसञ्चार क्षेत्रमा गरेका प्रगति, विद्यामान समस्या र चुनौतीको प्रस्तुतिका साथै अन्तर्राष्ट्रिय दूरसञ्चार संघ ९आइटियु०ले नेपाललाई पुरयाएको सहयोगको सराहना गर्दै त्यसको निरन्तरताका लागि आग्रह गर्नुभएको थियो ।

सो अवसरमा उहाँले सन् २०२५ सम्ममा नेपाललाई ‘डिजिटल नेपाल’मा रुपान्तरण गर्न पूर्वाधार विकास र सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड दिइएको धारणा व्यक्त गर्नुभएको थियो ।

सम्बोधनका क्रममा मन्त्री बस्नेतले आइटियुले अध्ययन अनुसन्धान गरी तयार गरेको ज्ञानलाई सदस्य मुलुकले अधिकतम प्रयोग गर्नुपर्ने, सूचना तथा सञ्चार प्रविधिको विकास र प्रयोगलाई विकाससँग आबद्ध गर्नुपर्ने, अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथको मूल्य घटाउन विशेष पहल गर्नुपर्ने र साइबर सुरक्षामा विशेष जोड दिनुपर्ने विषयमा सम्मेलनको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रत्येक चार वर्षमा अन्तर्राष्ट्रिय आइटियुले आयोजना गर्ने यस्ता सम्मेलनमा सहभागी हुँदा देशमा यस क्षेत्रमा अन्तर्राष्ट्रिय आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउन सहयोग पुुग्ने देखिन्छ ।

सम्मेलनको शुरुको दिन कमविकसित, भूपरिवेष्ठित, विकासोन्मुख र साना टापु विकासोन्मुख मुलुकका मन्त्रीबीच भएको छलफलमा नेपालले दूरसञ्चार क्षेत्रमा गरेको प्रगतिको प्रशंसा हुनाका साथै सो उपलब्धिलाई कसरी दिगो विकासका लक्ष्य प्राप्तिमा मद्दत पु¥याउन सकिन्छ भन्ने जिज्ञासा राखिएको थियो ।

सो अवसरमा मन्त्री बस्नेतले आइटियुका महासचिव होयुलिन झोव, बुर्किनाफासोका डिजिटल अर्थमन्त्री हड्जा फतिमत सानोनलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नाका साथै सूचना प्रविधिका क्षेत्रमा भएका प्रगति, चुनौती र सम्भावनाका बारेमा छलफलसमेत गरिएको जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले नेपाल सरकारले इ–गभर्नेन्सलाई प्राथमिकता दिई मुलुकभर अप्टिकल फाइबर बिछ्याउने र इन्टरनेट सेवा व्यापक विस्तार गर्ने कार्यक्रम गर्नाका साथै स्वास्थ्य, शिक्षा, आर्थिक गतिविधिमा समेत सूचना प्रविधि र अनलाइन प्रणाली लागू गरी सर्वसाधारण जनताको समय र उत्पादन लागतसमेत घटना जाने र यसले दिगो विकास लक्ष्यमा प्राप्तिमा मद्दत पुुग्ने जानकारी गरानुभएको थियो ।

यस वर्षको सम्मेलन खासगरी सूचना तथा सञ्चार प्रविधिले दिगो विकासका लक्ष्य प्राप्त गर्न के कसरी मद्दत पु¥याउन सक्छ भन्ने सम्बन्धमा केन्द्रित रहेको मन्त्री बस्नेतले बताउनुभयो ।

सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री तथा दूरसञ्चारसम्बन्धी मन्त्रालय र संस्थाका वरिष्ठ अधिकारीबाट सहभागिता रहेको थियो । यही असोज २२ देखि शुरु भएको सम्मेलन कात्तिक ३ सम्म जारी रहनेछ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button