पोखरामा हुने भाइटिका महोत्सवमा ८ देशका पर्यटक सहभागी हुदै

पोखरा न्युज ।

पर्यटकीय नगरी पोखरामा भोलि भाईटिका पर्वको अवसरमा ११ औं संस्करणको भाईटिका महोत्सवमा करिब ८ देशका ३० जना भन्दा बढी पर्यटकहरु सहभागि हुने भएका छन ।

पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा यस बर्ष पनि हुने उक्त महोत्सवमा चाईना, फ्रान्स, क्यानडा सहितका ८ देशका ३० भन्दा बढी पर्यटकहरु सहभागि हुने भएको संघका अध्यक्ष विकल तुलाचनले बताए । नेपाली संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकहरु विच आपसी भाइचाराको सम्वन्ध विकास गराउने उद्धेश्यले पनि संघले उक्त महोत्सवलाई निरन्तरता दिदै आएको अध्यक्ष तुलाचनले बताए ।

पोखराको लेकसाइडमा रहेको लालुपाते मार्ग वटरफ्लाई चाइल्ड केयर सेन्टरको परिसरमा दिउसो ३ बजे पछि उक्त महोत्सव हुने भएको महोत्सव संयोजक एवं संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले बताए । “संस्कृति बचाऔं, पर्यटन प्रवद्र्धन गरौं ” भन्ने नाराका साथ आयोजना हुने महोत्सवका अवसरमा देउसी भैलो र सांस्कृतिक कार्यक्रम समेत हुने भएको सुवेदीले जनाए ।

महोत्सवका अवसरमा सहभागी पर्यटकलाई नेपाली परम्परा अनुसार टिका लगाएर उपहार प्रदान गरिने छ भने पर्यंटकले पनि आफ्नो गक्ष अनुसार दक्षिणा दिने गर्दछन । तिहार पर्वमा खाईने सेलरोटी, भाईटिका मसला सहितका अन्य परिकारको स्वाद पर्यटकले लिन पाउने छन भने पुरुष पर्यटकलाई टिकाको साथमा ढाका ढोपी लगाईने गरिन्छ भने महिला पर्यटकलाई टिका लगाउदै सल दिने गरिन्छ ।

नेपाल पर्यटन वोर्डले उक्त महोत्सवको प्रवद्र्धन गरेको छ । नेपाली कला र संस्कृतिको संरक्षण गर्ने र यसैका माध्यमबाट पर्यटकलाई आकर्षित गरी देशको पर्यटन प्रवद्र्धन गर्ने अभियानले सकारात्मक प्रभाव पार्दै आएको अध्यक्ष तुलाचनको दाबी छ ।

गत वर्षको दशौं भाइटिका महोत्सवमा १५ देशका ५५ पर्यटक सहभागि भएको संघले जनाएको छ । महोत्सवमा भाइटिका लगाउन दोहोर्याएर समेत पर्यटक आउने गरेको महोत्सवका सहसंयोजक केशवराज पहारीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button