पोखराको सडकमै सेलरोटी बेचेर एकै दिनमा १५ हजार बढी आम्दानी

पोखरा न्युज ।

चारै तिर झिलि र मिलि अनि आफन्तहरुसंग भेटघाट गर्नेहरुको चटारो भई रहदा पोखरामा एक महिलाले एकै दिनमा सडकमै सेलरोटी पकाउदै बेच्दै गरेरे सामान्यतया एक महिनाको तलब बराबरको आम्दानी एकै दिनमा गरेकी छन ।

पोखराको पृथ्बीचोकको सडकमै ग्याँस चुल्हो सहित रोटि पकाउदै बिक्रि गर्दा स्याङजा टक्सारकी सिता सुवेदीले एकै दिनमा एक महिना बराबरको आम्दानी गर्न सफल भएकी हुन । उनले एकै दिनमा सुक्रबार ५ सय भन्दा बढी सेलरोटि सडक छेउमै पकाएकी हुन। प्रति सेल रोटि ३० मा बिक्रि गरेसंगै आम उपभोक्ताहरुको तातो तातो सेलरोटि किन्नेको भिड नै लागेको थियो । उनले भनिन “ सबैलाई चार्ड पर्व आएको छ, घर खर्च चलाउनु पर्यो के गर्नु मैले जे जाने त्यो सिप आज सडकमा प्रदर्शन गर्दा व्यापार राम्रो भएको छ । ”

पोखरा सस्तो बजारमा कपडा व्यवसाय गर्दै आएकी सुवेदीले हाल उक्त स्थानमा व्यवसाय गर्न नसक्ने अवस्थामा पुगे पछि कपडा वोरामा राखेर अर्को विकल्पको पेशा अपनाएको उनले बताइन । ग्यू, चिनी र पिठोबाट बनाईएको सेल रोटि धेरै मन पराएको उनले जनाईन । सडकमै खूल्ला ढंगले किन यस्तो व्यवसाय गरेको भन्ने पोखरा न्यूजको प्रश्नमा उनले भनिन “ घर तथा टहरा भए त राम्रो हुने थियो नि के गर्नु व्यवसाय गर्ने कुनै स्थान नभएरै आज सडकमै यस्तो सेल रोटि हालेर संकलित रकमबाट तिहार मनाउदैछु । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button