७० बर्ष पछि ५ बर्षको लागि एकको पक्षमा बहुमतको सरकार – प्रचण्ड

पोखरा न्युज ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  ७० बर्ष पछि ५ बर्षको लागि बामपन्थी तथा लोकतान्त्रीक मध्य एकको पक्षमा बहुमतको सरकार हुने बताएका  छन ।

प्रेस सेन्टर नेपाल कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  प्रचण्डले बामपन्थी आए पनि लोकतान्त्रीक गठवन्दन आए पनि कुनै फरक नपर्ने भन्दै  कम्तिमा पनि ५ बर्ष एउटा पार्टीको नेतृत्वमा सरकार बन्ने धारणा राखे । बामपन्थी तथा लोकतान्त्रीक मध्य एकको पक्षमा बहुमतको सरकार हुने जसको कारण देशमा आर्थिक समृद्धि हुने प्रचण्डले जनाए ।

निर्वाचन पछि पनि बामएकता रहिरहने दाबी गर्दै अध्यक्ष प्रचण्डले  बाम गठबन्धनले गर्दा नेपाली काँग्रेसलाई फाईदा भएको बताएका छन । बाम गठबन्धनले गर्दा गुट र उपगुटमा रहेको काँगेसलाई एक बनाएकोले गर्दा कांगेसलाई फाईदा पुगेको बताएका हुन ।

उनले भने “ बामगठबन्धन भयो भन्दैमा कांग्रेस डराउनु पर्दैन, काँग्रेसलाई आफनो झगडा मिलाई एकताबद्ध बनाउन बाम गठबन्धनले सहयोग पुरयाएको छ, यसमा कांग्रेसले हामीलाई धन्यवाद दिनु पर्छ।”

पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले उम्मेदवार दर्ता गरेपछि सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरुलाई बोलाउने संकेत गरेका छन । तोकिएको मितिमा निर्वाचन हुने दाबी गर्दै अध्यक्ष प्रचण्डले अब निर्वाचनको बिषयमा कुनै शंका नगर्न आग्रह गरे । उनले भने “अब निर्वाचन तोकिएकै मितिमा हुन्छ, यसमा निर्वाचन आयोगले प्राविधिक कुरा गरेको छ। सफलता पुर्वक निर्वाचन हुन्छ यसमा हामी पुर्ण विश्वासमा रहेका छौं। ” प्रेस सेन्टर नेपाल कास्कीका कार्यवहाक अध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button