त्रिशुली नदीमा बस खसेर बेपत्ता, १५ घाइतेको उद्धार

पोखरा न्युज ।

धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा रात्री बस दुर्घटना भएको छ । बस त्रिशुली नदीमा डुबेको छ ।

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो । बस नम्बर नखुलेको र कति यात्रु थिए भनेर एकीन पनि गर्न नसकिएको गजुरी प्रहरीले जनाएको छ ।

दुर्घटना स्थलबाट १५ जना घाइतेलाई उद्धार गरिएको गजुरी प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पतालमा राखिएको छ ।

दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालित छन् ।

स्रोत: अनलाइनखबर https://www.onlinekhabar.com/2017/10/635054

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button