पोखरालाई कृषि, पर्यटन र खेलकुदको शहर बनाउने बाम गठबन्धनको प्रतिबद्धता

 

लोकतन्त्र बिनाको समाजवाद हुनै सक्दैन–अधिकारी 

धन बस्नेत,
पोखरा न्युज ।

नेकपा एमाले तथा माओवादी केन्द्र(बाम गठबन्धन)का उम्मेदवारहरुले परिचयसँगै आफनो योजनालाई बेलविस्तार लगाए । पोखरालाई कृषि, पर्यटन र खेलकुदको हव बनाउने उल्लेख गरे । कास्की क्षेत्र नम्बर १ का उम्मेद्वार बनेका खगराज अधिकारीले कास्कीलाई जलविद्युत, अर्गानिक कृषि, पर्यटन र खेलकुदको हब बनाउने घोषणा गरे । उनले होमस्टेजस्तो साना कार्यक्रममा नअल्झिने बताउँदै उनले कास्की क्षेत्र नम्बर १ मा २ सय मेगावाट बिजुली निकाल्नसक्ने फेवाताल बनाउने, कास्कीमा अन्र्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्नेलगायतका आफ्नो एजेण्डा प्रस्तुत गरे ।

कास्की क्षेत्र नम्बर २ का रविन्द्र अधिकारीले बहुमतको स्थायी सरकार निर्माण गर्ने र सो सरकारको माध्यमबाट देशमा आर्थिक विकास गर्दै समृद्धी निर्माण गर्ने, शान्ति, सामाजिक न्याय, समानताका लागि बाम गठबन्धन बनाएको बताए । उनले यो गठबन्धनमार्फत आर्थिक क्रान्ति गर्दै समाजवादसम्म पुग्ने योजना रहेको उल्लेख गरे ।

अधिकारीले समाजवाद बिनाको लोकतन्त्र र लोकतन्त्र बिनाको समाजवाद हुनै नसक्नै जिकिर गर्दै कांग्रेसले समाजवाद बिनाको लोकतन्त्र भनिरहेकाले त्यो हुन नसक्ने ठोकुवा गरे । क्षेत्र नम्बर ३ का उम्मेद्वार जगत विश्वकर्माले समृद्धी नेपालीको राष्ट्रिय लक्ष्य भएकाले सो पूरा गर्न आत्मनिर्भर अर्थतन्त्रको विकास गरेर समृद्ध नेपाल निर्माण गर्ने बताए । उनले कास्कीलाई स्मार्ट सिटी बनाउने, पर्यटनको राजधानी बनाउने, समुन्नत पोखरा निर्माण, सुखी जनता बनाउने योजना सुनाए ।

१ को प्रदेश नम्बर १ का उम्मेद्वार दीपक कोइरालाले आफ्नो क्षेत्र लेखनाथदेखी रुपाकोटसम्म भएकाले सो क्षेत्रमा कृषिको आधुनिकीकरण गरेर आत्मनिर्भर बनाउने, गाउँमै रोजगारी सिर्जना गरी त्यहाँ उत्पादित सामानको बजारीकरण गर्नेलगायतका काम नै आफ्नो एजेण्डा रहेको प्रष्ट्याए ।

कास्की १ को प्रदेश नम्बर २ का उम्मेद्वार मनबहादुर गुरुङले समृद्ध नेपाल बनाउने लक्ष्यसहित बाम गठबन्धन बनेकाले सो लक्ष्य पूरा गर्न आफू लागिपर्ने बताए । जल जमिन, जैविक विविधता, जडीबुटीको समुचित प्रयोग गर्ने बताए । गाउँमा स्वास्थ्य संस्था नहुँदा जनताले दुःख पाएको बताउँदै गाउँमै सुविधा सम्पन्न अस्पताल खोल्नेपनि उनको एजेण्डा रहेको उल्लेख गरे ।

कास्की २ को प्रदेश क्षेत्र नम्बर १ का उम्मेद्वार कृष्ण थापाले सामाजिक न्यायसहितको समाजवाद ल्याउनका लागि आफ्नो उम्मेद्वारी भएको बताए । उनले सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योगको विकासका लागि आफू लाग्ने प्रतिबद्धता जनाए । उनले आफ्नो क्षेत्रलाई नेपालकै पूर्ण बिकशित क्षेत्र बनाउने उद्घोष गरे ।

कास्की २ को प्रदेश नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले ३ राजनीतिक लक्ष्य र ४ बिकासको एजेण्डा प्रस्तुत गरे । उनले समृद्ध समाज, शान्ति र संविधान कार्यान्वयन र राजनीतिक संस्कार सिकाउने उद्धेश्यसहित कमाउनका लागि नभई विकासका लागि राजनीति गर्ने आफ्नो लक्ष्यरहेको प्रष्ट्याए ।

कास्की ३ को प्रदेश नम्बर १ का उम्मेद्वार रामजी वराल ‘जीवन’ले हेमजादेखी पुरुञ्चौरसम्मको क्षेत्र कृषिका हिसाबले अत्यन्तै सम्भावना बोकेको क्षेत्र भएकाले कृषिमा आधुनिकीकरण गरेर उत्पादन बढाउने, त्यसको बजारीकरण गर्ने तथा सो क्षेत्रका पर्यटकीय क्षेत्रको संरक्षण र प्रबद्र्धन गर्दै त्यस क्षेत्रलाई पर्यटनको हब बनाउने योजना प्रस्तुत गरे ।

कास्की ३ का प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजीव पहारीले फेवाताललाई पहिलेकै आकारमा पु¥याउने, आफ्नो क्षेत्रमा परेका छोरेपाटनदेखी अन्नपूर्ण बेसक्याम्पसम्म रिङ्गरोड बनाउने, पोखरामा स्वास्थ्य तालिम केन्द्र बनाउने, जिर्ण सडकको स्तरोन्नती गर्नेलगायतका एजेण्डा प्रस्तुत गरे ।

प्रेस चौतारी कास्कीका अध्यक्ष माधव वरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठले स्वागत र प्रेस सेन्टर कास्कीका सचिव कृष्ण दवाडीले सञ्चालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button