पोखरामा मंसिर २५ र २६ गते पर्वतीय महोत्सव हुने

नेपाल पर्वतारोहण संघ (एनएमए) को आयोजनामा  पोखरामा यही मंसिर २५ र २६ गते  पर्वतीय महोत्सव  सञ्चालन हुने भएको छ ।

पोखरामा रहेको अन्तराष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा  हुने पर्वतीय महोत्सवमा अग्रिम बुकिङका लागि सिमित स्टल  खाली रहेकोे छन । महोत्सवमा  हालसम्म ५० प्रतिशत भन्दा बढी स्टल अग्रिम बुकिङ भएको महोत्सव निर्देशक कुसल गुरुङले बताए ।

पर्वतीय जनजिविका झल्कने पर्वतीय क्षेत्रको कला संस्कृति र खेलकुदको प्रबर्द्धन गर्न  महोत्सवलाई यस बर्ष निरन्तरता दिने भएको निर्देशक गुरुङले बताए । ज्ञान, प्रविधि, सुचना मुलक सहितका हिमाली क्षेत्र देखि पर्वतीय क्षेत्रको कला संस्कृति र खानपिनलाई समेत महोत्सवमा प्रर्दशन गरिने भएको उनले जनाए । महोत्सवमा करिब २५ वटा स्टलहरु रहने भए पनि केहि सिमित स्टल मात्र बुकिङ खाली रहेको गुरुङले जनाए । प्रबेश शुल्क सहित स्टलहरु समेत निःशुल्क उपलब्ध हुने भएको आयोजकले जनाएको छ ।

दुइ दिन चल्ने महोत्सवमा छेलो प्रतियोगिता, खुल्ला क्लाम्बिङ, आर्चरी (तारा) खेल, साईकल र्याली लगायतका कार्यक्रमहरु हुने भएको निर्देशक गुरुङले जनाए । महोत्सवमा पुर्वको किराँती र पश्चिमको कर्णालीको खानाको परिकार समेत ल्याउने भएको उनले जनाए । महोत्सवमा किराँत, शेर्पा, गुरुङ, थकाली, मगर, लगायतका जातिहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने भएको निर्देशक गुरुङले बताए । पोखराको पर्यटन क्षेत्रलाई माथि उकास्न यस्तो महोत्सवले धेरै टेवा पुराउने उनले विश्वास व्यक्त गरे ।

महोत्सवमा हिमाली क्षेत्रमा प्रयोग भएका र अनुसन्धान गरिएका प्रविधि, ज्ञान र अन्वेषणलाई अवलोकन गर्न पाइने गरी सेमिनार समेत हुने भएको छ । उनले भने “ पर्वतीय महोत्सव अनय मेला महोत्सव भन्दा धेरै भिन्न छ हाम्रो महोत्सवमा प्रायः बौद्धिक बर्ग, सोच विचार र अध्ययन गर्ने तथा पर्यटन व्यवसायिहरुलाई प्रभाविता पार्ने गरी हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button