मिस क्विन लेखनाथको उपाधी ज्योतीलाई

मिस क्विन लेखनाथ सिजन ३ को उपाधी पोखरा लेखनाथ ३२ गगनगौडाकी ज्योती खत्रीले जितेकी छन् ।

पोखरा सभागृहका खचखच दर्शको उपस्थिीतमा भएको प्रतियोगितामा खत्रीले तेस्रो सस्करणको मिस क्विन लेखनाथ वनेकी छन् । त्यसै गरी प्रतियोगितमा फस्ट रनर अप पोखरा लेखनाथ ३१ पचभैयाकी सव्रिना ओलीले उपाधी जित्न सफल भईन् । त्यसै गरी सेकेन्ड रनर अप पोखरा लेखनाथ ३३ वागमाराकी दिपा आचार्यले प्राप्त गरीन् भने, भ्यूवर च्वाइस पोखरा लेखनाथ ३० मोेहरीयाकी आस्था थापाले प्राप्त गरीन् । ४० जना सहभागी मध्येमा अन्तिम ७ उकृष्ठ फाइनालिष्ट प्रतियोगिहरु मध्येवाट विजेताले करिव २ लाख वरावरको स्कूटर र विभन्न उत्पादनको व्राण्ड एम्वेष्डर, फष्ट रनर अपले नगद ५० हजार र गिफ्ट, सेकेन्ड रनर अपले नगद ३० हजार र गिफ्ट पाएका छन् ।

लेखनाथ क्षेत्रकै एक मात्र व्युटी कन्टेष्टमा १६ देखी २५ वर्ष सम्मका युवतीहरुले भाग लिन पाउने छन् । देखावटी सुन्दरता मात्र नभएर ‘व्यक्तित्व’ सहितको सुन्दरतामा निखारता ल्याउने हेतुले विगत तीन वर्षदेखि लेखनाथ मिडिया हाउसकोे आयोजना, फोटोमण्डल को सहआयोजना एवं सेभेन मिडिया नेटवर्कको ईभेन्ट व्यवस्थापनमा प्रतियोगिता हुँदै आएको प्रतियोगिताका संयोजन सन्दिप पौडेलले जानकारी दिनु भएको छ ।

यो कार्यक्रममा सुजुकी टु ह्वीलर्स मुख्य प्रायोजक, लेकसिटी वाटर प्रायोजक रहेका छन् भने लेखनाथ जेसिज, लेखनाथ लायन्स कल्व, रोटरी क्लब अफ लेखनाथ , रोटय«क्ट क्लब अफ लेखनाथ आदिको सहयोग रहेको छ ।

कार्यक्रममा वाल्दै प्रमुख अतिथी वरिष्ठ उद्योगपती तथा राजनितिज्ञ सुर्य वहादुरले समाज परिवर्तनका लागी यस्ता कार्यक्रमले विशेष भूमिका खेल्नेमा जोड दिनु भएको छ । उहाँले अव सभ्य समाज निर्माणमा सवै एक भएर लाग्नु पर्नेमा जोड दिनु भएको छ । नेपाली काग्रेस कास्की समानुपातीक तर्फवाट उम्मेदवार समेत रहनु भएको केसी अव नारी अधिकार र व्यक्तित्व विकास गर्न मिस क्विन लेखनाथ सफल भएको भन्दै आयोजक प्रति आभार समेत व्यक्त गर्नु भएको थियो ।

लेखनाथ मिडिया हाउसको आयोजना, फोटो मण्डलको सहआयोजना र सेभेन मिडया नेटवर्कको व्यवस्थापनमा भएको कार्यक्रममा रोटरी क्लव अफ लेखनाथ, रोट्याक्ट क्लव अफ लेखनाथ, लायन्स क्लव अफ लेखनाथ, लियो क्लव अफ लेखनाथ, लेखनाथ जेसिज, लेखनाथ सिटी हस्पिटल लगाएतले सहयोग गरेका थिए ।

लेखनाथ मिडिया हाउसका प्रवन्ध निर्देशक सन्दिप पौडेलको अध्यक्षतमा सम्पन्न प्रतियोगितामा निर्णायकको रुपमा पुर्व मिस पोखरा रपनी केसी, जक्सन डट कमका प्रवन्ध निर्देशक भूपाल गुरुङ्ग, फिल्मका नाय अमर सुवेदी, प्राध्यापक जितेन्द्र थापा रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन सुरेन्द्र वावु तिवारी, सचिन रानाभाट र सृष्टी आचार्यले गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button