नेपाली काँग्रेसको जिल्ला नेताको घरमा बम विस्फोट

कपिलबस्तुको बाणगंगा नगरपालिकाको कोपवामा नेपाली काँग्रेसका जिल्ला नेताको घरमा बम विस्फोट गराइएको छ ।

नेपाली काँग्रेसका महाअधिवेशन प्रतिनिधि तथा जिल्ला नेता दुनिकाप्रसाद भुसालको घरमा अपरिचित व्यक्तिले गए राति पेट्रोल बम विस्फोट गराएका छन् ।

पेट्रोल बमका कारण घरमा पार्किङ गरिएको गाडीमा क्षति पुगेको छ ।

त्यसैगरी आज बिहान पुनः दोस्रोपटक नेता भुसालको घरमा सकेट बम फेला परेको छ । बिहान करिब ५ बजे घरसँगै सकेट बम देखेपछि तुरुन्त प्रहरीलाई खबर गरेको नेता भुसालका भाइ लक्ष्मण भुसालले बताउनुभयो । सो सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय गरेको थियो ।

निर्वाचनको मिति नजिकै आउँदा जिल्लामा विस्फोटका घटना बढ्न थालेका छन् । तर स्थानीय प्रशासनले भने सानातिना विस्फोटले निर्वाचनको कार्यलाई खासै असर नपु¥याउने जनाएको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Therefore, though; left alliance may win a two-thirds majority or even more I am still proud not to have voted for a communist party because my parents always used to advise me to lead a simple life like a communist but never to be one. I have always adhered to this advice and will always. Sorry to say that in Nepal communists are just the opposite of my parents’ view. Development of the country depends not on whimsical decisions but on the cooperation of every section of the society including the international community.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button