माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन ३ बाट निर्वाचित

नेकपा  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

वाम गठबन्धनका उम्मेदवार प्रचण्डले  लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई ९हजार ३ सय २७ मत अन्तरले  पराजित गरेका हुन् ।

प्रचण्डले ४८ हजार २ सय ६९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पाण्डेले ३८ हजार ९ सय ४२ मत प्राप्त गरे  ।

 

प्रचण्डलाई नेकपा एमालेको समर्थन तथा पाण्डेलाइ  नेपाली कांग्रेसको समर्थन रहेको थियो ।

प्रचण्ड काठमान्डौ १० तथा  रोल्पा २ बाट पहिलो संविधानसभामा  निर्वाचित भएका थिए भने २०७० सालमा सिरहा ५ बाट बिजयी भएका  थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button