पार्टी एकतालाई अन्तिम रुप दिएर अघि बढ्नुको विकल्प छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादीसामू पार्टी एकतालाई अन्तिम रुप दिएर अघि बढ्नुको विकल्प नभएको  बताएका छन् ।

काठमाडौं ५ मा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सदस्यले शनिबार आयोजना गरेको धन्यवाद तथा चियापान कार्यक्रममा बोल्दै प्रचण्डले दुवै पार्टीको  आत्मसात् र सक्रियताले  जनताबाट  ठूलो जनमत  प्राप्त भएको भन्दै  पार्टी एकतालाई अन्तिम रुप दिएर अगाडी बढ्नुपर्ने बताएका हुन ।

एमाले र माओवादी केन्द्रको फ्युजनबाट वाम गठबन्धनले बहुमत ल्याएको भन्दै अध्यक्ष प्रचण्डले देशले झन्डै ७० वर्षपछि पाँच वर्षको लागि स्थिर सरकार पाउन लागेकोले अब बन्ने स्थिर सरकार कम्युनिष्ट राजनीतिको निम्ति देश बनाउने नयाँ युग भएको बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले एमालेको योगदान विना माओवादीको र माओवादीको योगदान विना एमालेको यस्तो परीणाम सम्भब हुने थिएन् भन्दै  वाम एकतालाई कार्यकर्ताले स्वीकार गरेको र जनताले अनुमोदन गरेको  धारणा राखे  ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button