पोखरामा चलचित्र महोत्सव सुरु, निःशुल्क २० देशका फिल्म एकै मञ्चमा

पोखरा फिल्म सोसाइटीको आयोजनामा आज (विहिबार) देखि पोखरामा अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु भएको छ ।

पुष ८ गतेसम्म पोखरा सभागृहमा संचालन हुने उक्त महोत्सवको उद्घाटन नेपाल पर्यटन वोर्ड क्षेत्रिय कार्यालय पोखराका निर्देशक सुर्य थपलियाले गरे । कार्यक्रममा बोल्दै उनले यस्ता फिल्म महोत्सवले पर्यटन प्रबर्द्धन हुने भएकोले व्यापाक प्रचार प्रसार गर्नुपर्ने बताए । उक्त महोत्सवमा करिब २० देशका ४३ वटा फिल्महरु प्रदर्शन हुने भएको महोत्सवका निर्देशक सरोज शर्मा सापकोटाले बताए ।

एक सय भन्दा बढी देशका ९ सय चलचित्रहरूले सहभागिताका लागि आवेदन दिए पनि आफुहरुले करिब २० देशका ४३ फिल्महरु छनौट गरी प्रदर्शन गर्दै गरेको उनले बताए । महोत्सवमा वृतचित्र, लघु चलचित्र, कथानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेसन लगायतका चलचित्र प्रदर्शन गरिदैछ । नेपाली परम्परागत जिवन शैली, नेपालको जनजातिको बिषय बस्तु सहिको ४ मिनेट देखि ९२ मिनेटसम्मका फिल्महरु प्रदर्शन हुने भएको निर्देशक सापकोटाले जनाए ।

पर्वतीय चलचित्र महोत्सवको तेश्रो संस्करण जालगेडी फिल्मको प्रदर्शनबाट शुभारम्भ भएको हो । उक्त तीन दिने फिल्म फेष्टिवलले आन्तरिक तथा बाह्यि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । प्रबेस निःशुल्क रहेको महोत्सव बिहान १० बजे देखि बेलुकी ६ः०० बजेसम्म संचालन हुने भएको छ । महोत्सवको अवसरमा नेपाली चलचित्र तुइनको नेपाल प्रिमयर सो गरिने भएको सोसाइटीका महासचिव विष्णु सापकोटाले बताए । महोत्सवमा पोखराका दुईवटा चलचित्र समेत प्रदर्शन गरिने बताइएको छ । महोत्सवको दोस्रो दिन नेपाली चलचित्रमा जनजातिको चित्रण विषयक छलफल तथा अन्तक्र्रिया कार्यक्रम हुने भएको छ ।

हिमाली क्षेत्र आसपासका संस्कृति, आदिवासी जनजातिको जनजीवन, परम्परा, खेलकुद, जैविक विविधता र पर्यावरणको सम्वद्र्धन र प्रवद्र्धनमा चलचित्र मार्फत जनचेतना अभिवृद्धि गर्र्ने महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ । यस पालीको उक्त महोत्सवको उद्घाटनको दिनमा महोत्सव स्थलमा न्यून सङख्यामा सहभागिता रहेको छ । यसैबिच बिक्रम सम्वत २०१५ साल तिरको पोखरा झल्कने गरी ततकालिन अबस्थामा खिचिएका फोटोहरु समेत प्रदर्शन गरीएको छ । विभन्नि व्यक्तिहरुले खिचेका फोटा संग्रह गरी पोखराका सुनिल उलकले उक्त फोटो प्रदर्शन गरेका हुन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button