क्रिस्टमस ईभमा आर्टिस्ट नेपालको फेसन शो

आईतबार साँझ टेकु स्थित मसला कटेजमा निम्तालु फेसनका पारखीहरुको चहलपहल बढ्दै गरेको थियो । ३ जना डिजाईनरहरु ले तयार पारेको बिभिन्न आकर्शक डिजाईनहरुलाई क्रिस्टमस ईभको अबसर पारेर आर्टिस्टनेपाल डटकम ले क्रिस्टमस ईभमा “मेरी क्रिस्ट्मस फेशन शो” को आयोजना गरेको थियो ।

             

फेसन शोमा पार्टी वेयर, हट एन्ड क्याजुयल र ब्राईडल गरी ३ वटा सिकोइन्समा सम्पन्न गरिएको थियो । उक्त शोमा बुटिक मृगतृष्णा फेसन हाउस, अईम्स हाउस बुटिक एण्ड फेशन स्टोर र पबित्रा मगरका आकर्शक डिजाईनहरु रहेको आर्टिस्ट नेपाल नेटवर्कमा सञ्चालक नब ढुंगेलले जानकारी दिनुभयो । शोमा अहिले सम्मकै उत्कृष्ट डिजाईनहरु प्रस्तुत गरिएको थियो ।

उक्त सोको लागि डिजाईनर तृष्णा गुरुङले ब्राईडल सेट तयार पारेकी थिईन । उनको डिजाईनमा मोडेलहरु दुलही झै सिगारिएका थिए । त्यस्तै अर्की डिजाईनर मनिता थापाले गाउनहरु तयार पारेकी थिईन । गाउनमा क्रिस्टमस थेम प्रयोग गरिएको डिजाईनर थापाले बताईन् । डिजाईनर पवित्रा मगरले भने क्याजुयल तयार पारेकी थिईन ।

                          

फेशन शोमा १ दर्जन मोडेलहरुले र्‍याम्पमा क्याटवाक गरेका थिए। बिभिन्न मोडेल तथा सेलिब्रेटीहरुको रोजाईनमा परेका डिजाईनरहरुका डिजाईनमा मोडेलहरु झन आकर्शक देखिएका थिए । चर्चित मोडेल बिपना थापाको कोरियोग्राफी रहेको ‘सो’ मा चर्चित मेकअप आर्टिस्ट चन्द्र गुरुङको मेकअपमा मोडेलहरु सजिएका थिए । कार्यक्रममा गायक सिताराम पोखरेल , हास्यकलाकार महादेव त्रिपाठी, नायिका एबं गायिका बबी रोजा ढकाल लगयतका कलाकारको प्रस्तुती रहेको थियो । सो को संचालन सरु महर्जनले गरेकी थिईन । फेसन शो लाई सफल पार्न सहयोग गर्ने ब्यक्तित्वहरुलाई आयोजकको तर्फबाट टोकन अफ लभ प्रदान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button