पोखरा सडक महोत्सवलाई नेपाल हुदै अन्तराष्ट्रिय क्षेत्रकै ब्राण्ड बनाउनुपर्छ- भट्टराई

गणेश बहादुर भट्टराई- पर्यटन ब्यबसायी सल्लाहकार – रेबान

यहि पुष १३  गते देखि १७ गतेसम्म पोखरामा १९ औ संस्करणको पोखरा सडक महोत्सब संचालन हुदैछ । १८ पटक सम्म सफलतापुर्वक सम्पन्न भएको पोखरा सडक महोत्सबले यो अवधिमा छुट्टै पहिचान बनाउन सफल भएको छ । पोखरामा सर्वाधिक रुचाइएको सडक महोत्सबको अवधारणा ल्याउने व्यक्तिको रुपमा चिनिन्छन पर्यटन ब्यबसायी  गणेश बहादुर  भट्टराई ।

भट्टराई सन १९९७ मा आफ्नी प्रेमिकासंग अफ्सिजनमा जाडो छल्न गोवा पुगेपछि गोवामा गोवा फुड एण्ड फेष्टीवल हेर्ने अवसर जुटेको र  सोहि फेष्टीवलबाट  प्रभावित भएर पोखरामा यस्तो खालको महोत्सवको अवधारणा ल्याएको भट्टराईले बताउछन् । सन १९९८ बाट १ किलोमिटर क्षेत्रमा सुरु भएको एक दिने लेकसाड महोत्सव हालका  वर्षहरुमा ५ दिनसम्म ३ किलोमिटर भन्दा बढी सडक क्षेत्रमा संचालन हुदै सडक महोत्सवको रुपमा विकास भएको छ । यसै सन्दर्भमा हामीले उनै भट्टराईसंग गरेको कुराकानीको केही अंश यहाँ प्रस्तुत गरेका छौ ।

तपाईलाई सडक महोत्सबको अभियन्ताको रुमपा लिने गरिन्छ, पोखरामा सडक महोत्सब कसरि सुरु भयो बताइदिनुहोस न …

हामीले सुरुवाती क्रममा सन १९९९ मा तत्कालिन हंग्रिआई होटलमा भएको भेलाबाट ठुला होटल तथा रेण्टुरेण्टले ५ हजार , मध्यमले ३ हजार  र सानाले २  हजार रकम उठाएर महोत्सबको थालनी गरेका हौ । यसरी हामीले सुरु गरेको महोत्सव हाल आत्मनिर्भर मात्र भएको छैन यसले  हरेक बर्ष लाखौं रुपैया फेवाताल संरक्षण लगायतका सामाजिक क्षेत्रमा योगदान गर्दै आएको छ ।

पोखरा सडक महोत्सबको गन्तब्य कहासम्मको हो त  ?

जसरी हामी निजी क्षेत्रबाट पोखरा सडक महोत्सवको अवधारणवाट पोखरामा पर्यटन प्रवर्द्धन गरी पोखराको  ब्राण्ड बनाउने अभियानमा अघि बढेका छौं, अब यसलाई स्थानिय सरकार, राजनीतिक दल, स्थानिय सम्पुर्ण व्यवसायीहरुले अपनत्व गर्नुपर्यो । रेवान पोखराले सुरुवात गरेको भएतापनि  रेवानले मात्र यसको फाईदा लिएको छैन, अब यसलाई पोखरा, नेपाल र अन्तराष्ट्रिय स्तरमै छुट्टै ब्राण्ड बनाउनु आवश्यक छ । क्रिसमस र अग्रेंजी नयाँ बर्षमा नेपाल आउने पर्यटकलाई उनीहरुको संस्कार अनुसार खानपिन र मनोरन्जन दिन सके हाम्रो यहाको पर्यटनले कायापलट गर्ने कुरामा दुईमत छैन । सडक महोत्सवले जातिय पहचिान गराएको छ, संस्कृतिको प्रवर्द्धन गराएको छ। समग्र पोखरा क्षेत्रको मात्र नभई देशकै अर्थ तन्त्रमा थप टेवा पुर्याएको छ ।

भूकम्प पछि जसरी व्यक्तिहरुमा पैसा जम्मा गरेर राख्नु मात्र ठुलो कुरा होईन त्यसलाई कसरी सदुपयोग गर्ने र कुन कुन ठाँउमा भ्रमण गर्ने भन्ने  सोचले गर्दा हाल आन्तरिक पर्यटकले यस्ता मेला महोत्सवलाई धेरै सहयोग पुराएकाछन । महोत्सवको अवसरमा यहाँका होटल रेष्टुरेण्टमा पर्यटकहरु भरीभराउ हुनु यहाँको सकरात्मक पक्ष हो ।

तपाइले भनेजस्तो यो महोत्सबलाई ब्राण्ड बनाउन के गर्नुपर्ला त ?

यस सडक महोत्सवलाई ब्राण्ड  बनाउन नेपाल सरकार, स्थानिय निकाय, पर्यटन सम्बद्ध संघ संस्थाहरुले अभिभावकत्व वहन गरी अन्तराष्ट्रिय बजारमा प्रचार प्रसार गरी विभिन्ना राष्ट्रको कला, संस्कृति र खाना समेत यहाँ उपलब्ध गराई  महोत्सवलाई अझ बृहत पार्नुपर्छ । प्रदेश ४ मा उत्पादन हुने कृषि जन्य बस्तु र हस्तकलाको प्रदर्शनी, कला र संस्कृति पनि अब यो महोत्सवमा समेट्नु पर्छ । पोखराको पर्यटन प्रवर्द्धन गर्न सडक संजाल र हवाई मार्गको सहज पहुच पुराउनु पर्छ । विगत ५० बर्ष अघि निमार्ण भएको सडक संजालले अहिलेको अबस्थामा कसरी छिटो छरितो ढंगले कनेक्टिभिटि हुन सक्छ । जथभावि ढंगले गगन चुम्वी भवन बनाएर मात्र यहाँको पर्यटन प्रवद्र्धन हुदैन । यहाँ भएका प्राकृतिक तथा सांस्कृतिक कुरालाई संरक्षण गरी आएका पाहुनालाई आदर संत्कार गर्नु पर्दछ । सडक महोत्सव पोखरामा नहुदा म लगायत हामी धेरै जना विदेश जाने गरेका थियौं । तर विदेशमा म्युजिक र खानाको महोत्सव हेरे पछि हैन हाम्रो ठाँउमा पनि सम्भव हुन्छ की भनेर हामीले सुरुवात गर्दा आज यो अबस्थामा आएको छ । अब यसलाई राज्यले नयाँ ढंगले परम्परालाई संरक्षण गरी यो महोत्सवलाई आत्म साथ गर्नु पर्छ ।

पोखराको पर्यटन र सडक महोत्सबको सम्बन्ध कस्तो छ ?

पोखरामा केही पर्यटक सडक महोत्सबकै लागि भनेर आउने गरेको पाइन्छ भने नेपाल भित्रिएका पर्यटक महोत्सबकै लागि भनेर कुर्ने गरेको पाइएको छ । बिदेशी पर्यटकहरुले नयाँ वर्ष मनाउन यहि पाउने भएका कारण यो सम्भब भएको हो, हामीले अझ यसलाई व्यापक बनाउन जरुरि छ । कालीगण्डकीको र्याफ्टीङ, अन्नपूर्णको पदयात्रा, हिमालको काखमा रहेको पोखरा र पोखरा आसपासको पर्यटकीय क्षेत्रको अवलोकनको लागि मात्र भनेर पोखरामा अन्तरिक तथा बाह्य  पर्यटकहरु आउने गर्दछन  । हाल पोखरामा साहासिक खेलका  गतिविधि (सेती र्याफ्टीङ, वन्जीजम्प, जिपफ्लायर, प्याराग्लाईडीङ), कला संस्कृति लगायतको कुराले थप पर्यटकहरुलाई लोभ्याउने गरेको छ । पहिला ८० प्रतिशत जसो पर्यटकहरु पोखरा बाहिर गन्तव्य बनाउने गरे पनि पछिल्लो क्रममा ८० प्रतिशत जसोको पहिलो रोजाई पोखरा भएको छ । महोत्सवलाई अब पोखरेलीले मात्र नभई राज्यलेनै आफ्नो देशको महोत्सवको रुमा आत्मसाथ गरी विश्व बजारसम्म महोत्सवको प्रचार प्रसार गरेको खण्डमा पोखराको पर्यटनले छुटै उचाइ लिने कुरामा दुईमत छैन ।

सडक महोत्सबमा केही बेथीति पनि छन् भन्ने सुनिन्छ नि ?

हामी केहि व्यवसायीहरु पर्यटन प्रवर्द्धन गर्ने भनी लागिरहदा  केहिले यही हो मौका भनेर अस्वभाविक रुपमा पर्यटकहरुसंग रकम अशुल्ने गरेको गुनासो आएको छ, यसो गर्न  पाईदैन । यसमा प्रशासनको पनि चासो जाहोस त्यस्ता व्यक्ति माथि कारवाहीनै हुनु पर्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

पोखरा सडक महोत्सब सबैको महोत्सब हो, सबैको साथ र समर्थनले यो महोत्सब यो स्थानसम्म आएको छ । अब पनि महोत्सबलाई माया गरेर साथ समर्थन गरिदिनुहुनेछ भन्दै सम्पूर्णलाई महोत्सबमा स्वागत गर्न चाहन्छु । धन्यवाद

भट्टराई बुमरयांङ्ग रेस्टुरेन्टका संचालक समेत हुन ।

प्रस्तुति – गणेश बराल / डीएनबि 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button